एनआईसी एशिया बैंकका ग्राहकलाई द्वारिकाज ग्रुपको रेष्टुरेण्टमा १५% छुट

<p>काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले द्वारिकाज ग्रुपको विभिन्न रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धी एनआईसी एशिया बैंक र बत्तिसपुतलीको द्वारिकाज होटलबीच द्धिपक्षीय सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र द्वारिकाज ग्रुपको तर्फबाट इन्टरनेशनल मार्केटिङ्ग एण्ड कम्युनिकेशन म्यानेजर सुनिता गुरुङले हस्ताक्षर गरेका छन् । उक्त [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले द्वारिकाज ग्रुपको विभिन्न रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धी एनआईसी एशिया बैंक र बत्तिसपुतलीको द्वारिकाज होटलबीच द्धिपक्षीय सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र द्वारिकाज ग्रुपको तर्फबाट इन्टरनेशनल मार्केटिङ्ग एण्ड कम्युनिकेशन म्यानेजर सुनिता गुरुङले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता बमोजिम बैंकका डेविट एवं क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलका तोरण रेष्टुरेण्ट, फ्युजन बार, मोकोज जापानिज रेष्टुरेण्ट, द्वारिकाज ग्रुपकै गार्डन अफ ड्रिम्सस्थित केइजर क्याफे, पाटन संग्रहालयस्थित पाटन म्युजियम क्याफेमा १० प्रतिशतसम्म छुट र बत्तिसपुतलीस्थित कृष्णार्पण रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

Share News