एनसेलकाे रिचार्जमा चमत्कार: पाँच ग्राहकले जिते १० लाख उपहार

<p>काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफर अन्तर्गत पहिलो हप्ताका पाँच भाग्यशाली मध्येका दुई ग्राहकहरुलाई बिहीबार (मंसिर १२) जनही रु २ लाख नगद पुरस्कार वितरण गरेको छ । एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर यहि मंसिर १ गतेदेखि संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु [&hellip;]</p>

काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफर अन्तर्गत पहिलो हप्ताका पाँच भाग्यशाली मध्येका दुई ग्राहकहरुलाई बिहीबार (मंसिर १२) जनही रु २ लाख नगद पुरस्कार वितरण गरेको छ ।

एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर यहि मंसिर १ गतेदेखि संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु २ लाख र प्रत्येक महिना रु १० लाख जित्ने मौका पाउँछन् ।

योजनाको पहिलो हप्ताका पाँच विजेता ग्राहकहरुलाई मध्ये बिहीबार दुई ग्राहकले जनही रु २ लाख नगद पुरस्कार ग्रहण गरेका छन् । बाँकी विजयी ग्राहकहरुले आवश्यक प्रमणिकरणको प्रक्रिया पश्चात उनीहरुलाई पायक पर्ने नजिकैको एनसेल सेन्टर वा काठमाडौंबाट पुरस्कार ग्रहण गर्न सक्ने एनसेलले जनाएको छ ।

पहिलो हप्ताका पाँच विजयी मध्येका एक छिन्चु, सुर्खेतकी मोतिसरा दमाईले एनसेलको सुर्खेतस्थित एनसेल सेन्टरबाट आफुले पाएको नगद रु २ लाख पुरस्कार बिहीबार एक कार्यक्रम माझ ग्रहण गरेकी छिन् । त्यसैगरी एनसेल सेन्टर वीरगंजबाट बाराका मनोज कुमार यादवले पनि रु २ लाख पुरस्कार बिहीबार नै ग्रहण गरेका छन् ।

“एनसेललाई धेरै–धेरै धन्यवाद । यो रकमले म गाउँमा एउटा सानो घडेरी जोड्छु,” पुरस्कार ग्रहण गरी सकेपछि खुसी हुँदै मोतिसराले भनिन् । त्यस्तैगरी बाराका मनोजले यो रकम आफ्नो बच्चाको शिक्षाका लागि लगानी गर्ने बताए ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिने कम्पनीले जनाएकाे छ ।

Share News