सिद्धार्थ बैंकको नाफा ५२ करोड १४ लाख, तीन महिनामा एक खर्ब १८ अर्ब निक्षेप संकलन

<p>काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा ५२ करोड १४ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले कुल ५२ करोड ५० लाख रुपैयाँ कमाएको थियो । चालु आवको तीन महिनासम्ममा बैंकले निक्षेपतर्फ करिब साढे ३ अर्बले वृद्धि गरेको छ । गत आवको असोजसम्ममा एक खर्ब १४ अर्ब रुपैयाँ संकलन गरेको [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा ५२ करोड १४ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले कुल ५२ करोड ५० लाख रुपैयाँ कमाएको थियो ।

चालु आवको तीन महिनासम्ममा बैंकले निक्षेपतर्फ करिब साढे ३ अर्बले वृद्धि गरेको छ । गत आवको असोजसम्ममा एक खर्ब १४ अर्ब रुपैयाँ संकलन गरेको बैंकले चालु आवको सोही अवधिमा एक खर्ब १८ अर्ब रुपैयाँ संकलन गरेको छ ।त्यस्तै, कर्जा प्रवाह तीन अर्ब ८० करोडले बढाएको छ । असोज मसान्तसम्ममा बैंकले कर्जा प्रवाह एक खर्ब ८ अर्ब रुपैयाँ रहेको छ ।

बैंकको जगेडा कोषमा चार अर्ब १६ करोड रुपैयाँ रहेको छ । असोजमसान्तसम्म तीन अर्ब ८१ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले दुई अर्ब ३८ करोड रुपैयाँ व्याज खर्च गरेको छ ।

बैंकको कस्ट अफ फण्ड ७.३३ प्रतिशत, बेसरेट १०.०२ प्रतिशत र सीसीडी रेसियो ७७.३६ प्रतिशत रहेको छ । त्यस्तै, पुँजी पर्याप्तता अनुपात भने १४.२६ प्रतिशत र ब्याजको स्प्रेडदर घटेर ४.४३ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी २३.०३ रुपैयाँ रहेको छ ।

Share News