राजश्व अनुसन्धान विभागद्वारा निर्माण कम्पनी विरुद्ध १३ करोड बिगो दाबी सहित मुद्दा दर्ता

<p>काठमाडौँ । राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली बिजक प्रयोग गरी राजश्व छली गर्ने नेपाल दोङ्गहवा कन्स्ट्रक्सन इञ्जिनियरिङ कम्पनी प्रालि बिरुद्ध १३ करोड १३ लाख ११ हजार ६ सय ६७ रुपैया बिगो कायम गरी मुद्दा गरेको छ । विभागले मंगलबार बिगोको दोब्बर जरिवाना र ३ वर्ष कैद माग दाबी सहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर [&hellip;]</p>


काठमाडौँ । राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली बिजक प्रयोग गरी राजश्व छली गर्ने नेपाल दोङ्गहवा कन्स्ट्रक्सन इञ्जिनियरिङ कम्पनी प्रालि बिरुद्ध १३ करोड १३ लाख ११ हजार ६ सय ६७ रुपैया बिगो कायम गरी मुद्दा गरेको छ ।

विभागले मंगलबार बिगोको दोब्बर जरिवाना र ३ वर्ष कैद माग दाबी सहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

कम्पनीका सञ्चालकहरु याङ लिन, शे श्याङजुन, वे देगुई र सुबिन श्रेष्ठलाई राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफल २३ को उपदफा(१) र (३) बमोजिम बिगोको दोब्बर जरिवाना गरी ३ वर्षको कैद सजायको माग दाबी सहित काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागद्वारा मंगलबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

Share News