काठमाडौं । ग्लोबल आइएमई बैंकले पहिलो त्रैमासमा ७५ करोड ३१ लाख नाफा कमाएको छ । चालु आवको पहिलो ३ महिनामा बैंकले कमाएको नाफा गएको आवको तुलनामा करिब २० करोडले बढी हो ।
बैंकले गएको आवको सोही अवधिमा ५३ करोड ५८ लाख नाफा आर्जन गरेको थियो । बैंकले पहिलो ३ महिनामा वितरण योग्य नाफा २८ करोड ११ लाख रुपैयाँ रहेको छ ।
बैंकले असोज मसान्त अवधीमा १ खर्ब २८ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब १८ अर्ब कर्जा प्रवाह गरेको छ ।
बैंकको सीडी रेसियो ७८.३६ प्रतिशत पुगेको छ । आधार ब्याज दर ९.४४ प्रतिशत रहेको छ । बैंकको कष्ट अफ फण्ड ७.१३ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २८.८७ रुपैयाँ छ । प्रति सेयर नेटवर्थ १६५.७० रुपैयाँ छ भने खराव कर्जा एक प्रतिशतभन्दा कम रहेको छ । बैंकको स्प्रेड दर भने सार्वजनिक गरिएको छैन् ।