टोखा नगरपालिकाका इञ्जिनियर बिरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर

<p>काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिका इञ्जिनियर दिनेशकुमार पाठकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार टोखा नगरपालिकाका इञ्जिनियर पाठक, लायन्स इञ्जिनियरिङका ओभरसियर प्रशान्त चौधरी र लेखापढी व्यवसायी जयराम तिमिल्सिना समेतको मिलेमतोमा घर निर्माण सम्पन्न प्रमाणपत्र बनाउने प्रयोजनका लागि रु पाँच लाख बराबरको घुस लिएको अभियोग लागेको छ । [&hellip;]</p>


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिका इञ्जिनियर दिनेशकुमार पाठकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार टोखा नगरपालिकाका इञ्जिनियर पाठक, लायन्स इञ्जिनियरिङका ओभरसियर प्रशान्त चौधरी र लेखापढी व्यवसायी जयराम तिमिल्सिना समेतको मिलेमतोमा घर निर्माण सम्पन्न प्रमाणपत्र बनाउने प्रयोजनका लागि रु पाँच लाख बराबरको घुस लिएको अभियोग लागेको छ ।

आयोगले बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गर्दै आज मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Share News