प्रदेश प्रमुखका लागि नेकपाले गर्यो सिफारिस, को को परे हेर्नुहोस्

<p>काठमाडौँ । सरकारको शिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार प्रदेश प्रमुखहरुलाई पद मुक्त गरिएपछि सोमबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सचिवालय बैठकले अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको नेकपाका महासचिव [&hellip;]</p>


काठमाडौँ । सरकारको शिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार प्रदेश प्रमुखहरुलाई पद मुक्त गरिएपछि सोमबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ ।

सचिवालय बैठकले अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको नेकपाका महासचिव विष्णु पौडेलले बताए ।

कसलाई कुन प्रदेशको प्रमुख बनाउने निर्णय सरकार र राष्ट्रपतिबाट हुने महासचिव पौडेलले बताए ।

Share News