झापा जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

<p>काठमाडौँ । प्रभु बैंकले झापा जिल्लाको भद्रपुर नगरपालिका चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले सोमबार उक्त एक्स्टेन्सन काउन्टर उद्घाटन गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुले अब बिना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज काम गर्न सक्नेछन् । नेपाल [&hellip;]</p>


काठमाडौँ । प्रभु बैंकले झापा जिल्लाको भद्रपुर नगरपालिका चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले सोमबार उक्त एक्स्टेन्सन काउन्टर उद्घाटन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुले अब बिना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज काम गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले झापा जिल्ला प्रशासन कार्यलयमा पनि सेवा विस्तार गर्न सफल भएको जनाएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Share News