
काठमाडौँ । महालक्ष्मी विकास बैंकले साउथ एसिएन फेडेरेशन अफ अकाउन्टेन्ट्स (साफा)द्वारा वार्षिक प्रतिवेदनको मुल्याङ्कन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड प्राप्त गरेको हो ।
उक्त अवार्ड नोभेम्बर ३०, २०१९ तारिखमा बङ्गलादेशको ढाकामा एक समारोहका बीच प्रदान गरिने भएको हो ।
नेपाल चार्टड अकाउन्टेन्ट्स संस्था(आइक्यान)द्वारा प्रदान गरिएको विकास बैैंकतर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड-२०१८ प्राप्त गरे लगत्तै बंैकले साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड –२०१८ पनि प्राप्त गर्न लागेको हो ।