काठमाडौं । रिया फाइनान्सियल सर्भिसबाट पठाएको रकम अब जिएमइ रेमिट मार्फत भुक्तानी लिन सकिने भएको छ । दुई संस्थाबीच विप्रेषण सम्बन्धि सम्झौता भएपछि उक्त सेवा सजिलै लिन सकिने भएको हो ।
सम्झौतापत्रमा रिया फाइनान्सियल सर्भिसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शान फिल्डर र जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्ताक्षर गरेका छन् ।
सम्झौता पछि कात्तिक १३ गतेदेखि रिया फाइनान्सियल सर्भिसमार्फत विश्वभरिबाट पठाएको रकम जिएमइ रेमिटको ७००० भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ ।
हाल जिएमइ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगाएत खाडि मुलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।