
काठमाडौं । सनराइज बैंक लिमिटेडको प्रस्तावित १५.८० प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको १२औं वार्षिक साधारण सभाले सेयरधनीलाई १० प्रतिशत बोनस र ५.८० प्रतिशत नगद(बोनस सेयर र कर प्रयोजनको लागि) गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।
बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट हालको चुक्ता पँजीको उक्त लाभांश वितरण गर्ने छ । आठ अर्ब १५ करोड रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी १० प्रतिशत बोनस पछि आठ अर्ब ९६ करोड रुपैयाँ नाघेको छ ।
त्यस्तै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गराउने सम्बन्धी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई पूर्ण रुपमा अख्तियारी प्रदान गरेको छ।