हिमालयन क्यापिटलको शुभारम्भ: म्युचुअल फण्ड ल्याइने, पोर्टफोलियो व्यवस्थापन गर्न ८ योजना

<p>काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले शुक्रबारदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको छ । हिमालयन बैंकको सहायक कम्पनीको रुपमा खुलेको हिमालयन क्यापिटलको हिमालयन बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमबीच औपचारिक शुभारम्भ भएको हो । प्रारम्भिक रुपमा २० करोडको चुक्तापुँजी कायम गरेर सञ्चालनमा आएको क्यापिटलको उद्घाटन हिमालयन बैंकका अध्यक्ष मनोजबहादूर श्रेष्ठले शुक्रबार गरेका हुन् । हिमालयन बैंकका [&hellip;]</p>

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले शुक्रबारदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको छ । हिमालयन बैंकको सहायक कम्पनीको रुपमा खुलेको हिमालयन क्यापिटलको हिमालयन बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमबीच औपचारिक शुभारम्भ भएको हो ।

प्रारम्भिक रुपमा २० करोडको चुक्तापुँजी कायम गरेर सञ्चालनमा आएको क्यापिटलको उद्घाटन हिमालयन बैंकका अध्यक्ष मनोजबहादूर श्रेष्ठले शुक्रबार गरेका हुन् । हिमालयन बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार हिमालयन शम्शेर जबरा, नेपाल धितोपत्र बोर्डका पदाधिकारीका अतिरिक्त हिमालयन बैंक सञ्चालक समितिका सदस्यहरु समेतको उपस्थितिमा क्यापिटलको उद्घाटन गरिएको हो ।

हिमालयन बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा क्यापिटलले मर्चेन्ट बैंकिङका अतिरिक्त शेयर रजिष्ट्रार, धितोपत्र निष्कासन, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन तथा संस्थागत परामर्शको काम समेत गर्ने अनुमति पाएको छ ।

उद्घाटनका क्रममा अध्यक्ष श्रेष्ठले हिमालयन बैंकको २७ वर्षदेखिको विश्वासिलो र भरपर्दो सेवालाई कायम गर्दै मर्चेन्ट बैंकिङ व्यवसायमार्फत् आफ्नो सेवालाई थप विस्तारित र परिष्कृत बनाउन मर्चेन्ट बैंकिङ सेवा सुरु गरेको जानकारी दिए । उनले बैंकले सो सेवामार्फत् हिमालयन बैंकको विश्वासलाई थप बढाउँदै लाने प्रतिवद्धता समेत व्यक्त गरे ।

हिमालयन क्यापिटलको सञ्चालक समितिमा हिमालयन बैंकका महाप्रबन्धक सुशील जोशीलाई अध्यक्षको जिम्मेवारी दिइएको छ भने सञ्चालकहरुमा सुनिल गोर्खाली, सतीश राज जोशीलाई जिम्मेवारी दिइएको छ । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भने परमेश्वर पन्तलाई दिइएको छ ।

क्यापिटलको केन्द्रीय कार्यालय हिमालयन बैंकको ठमेल शाखा समेतर रहेको कर्मचारी सञ्चय कोषको भवनमा रहनेगरी तोकिएको छ ।

हिमालयन म्युचुअल फण्ड ल्याइने

क्यापिटलले निकट भविष्यमै ‘हिमालयन म्युचुअल फण्ड’ नामक सामूहिक लगानी कोष सञ्चालनमा ल्याउने घोषणा समेत गरेको छ । सम्बन्धित निकायको स्वीकृति पश्चात् सो फण्ड सञ्चालनमा ल्याउने प्रमुख कार्यकारी अधिकृत पन्तले जानकारी दिए ।

क्यापिटलले लगानी व्यवस्थापन योजना अन्तर्गत सर्वोत्तम पोर्टफोलियो योजना, दीर्घकालीन शुभलाभ योजना, सन्तुलित प्रतिफल योजना, समृद्ध नारी प्रतिफल योजना, जेष्ठ नागरिक प्रतिफल योजना, सुनिश्चित प्रतिफल योजना, मेरो पोर्टफोलियो योजना, स्वविवेक पिएमएस जस्ता योजनाहरुसमेत सार्वजनिक गरेको छ । यी योजनाहरुमार्फत् क्यापिटलले ३ रुपैंयादेखि लाखदेखि ५० लाख रुपैंयासम्मको लगानी व्यवस्थापन गर्ने योजना योजना समेत बनाएको छ ।

Share News