व्यापार घाटा १२ प्रतिशतले घट्यो, कुल वैदेशिक व्यापार ३ खर्ब ६२ अर्ब

<p>काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा व्यापार घाटा १२ प्रतिशतले घटेको छ । चालु आवको साउनदेखि असोजसम्मको यो अवधिमा ३ खर्ब ३४ अर्ब ९५ करोड मूल्य बराबरका वस्तु तथा सेवा आयात भएका छन् । त्यस्तै, यो अवधिमा २७ अर्ब १६ करोडको वस्तुहरू विदेशी बजारमा निर्यात भएका छन् । सो अवधिमा कुल वैदेशिक व्यापार [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा व्यापार घाटा १२ प्रतिशतले घटेको छ ।

चालु आवको साउनदेखि असोजसम्मको यो अवधिमा ३ खर्ब ३४ अर्ब ९५ करोड मूल्य बराबरका वस्तु तथा सेवा आयात भएका छन् ।

त्यस्तै, यो अवधिमा २७ अर्ब १६ करोडको वस्तुहरू विदेशी बजारमा निर्यात भएका छन् । सो अवधिमा कुल वैदेशिक व्यापार ३ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँको व्यापार भएको छ ।

चालु आवको समीक्षा अवधिमा १० प्रतिशतभन्दा बढीले आयात घटेको छ भने १४.४१ प्रतिशतले निर्यात बढेको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ । कुल वैदेशिक व्यापारमा निर्यातको अंश साढे सात प्रतिशत रहेको छ भने आयात साढे ९२ प्रतिशत रहेको छ ।

गएको आवको सोही अवधिमा कुल ३ खर्ब ९७ अर्ब ३३ करोडको वैदेशिक व्यापार भएकोमा निर्यातको ६ र आयातको ९४ प्रतिशत अंश रहेको छ । गत आवको पहिलो ३ महिनामा ३ खर्ब ७३ अर्ब ५८ करोड वस्तु तथा सेवा आयात भइ २३ अर्ब ७४ करोडको मालवस्तु निर्यात भएको थियो ।

कुल आयातमध्ये भारतबाट दुई खर्ब सात अर्ब ४१ करोड रुपैयाँको मालवस्तु नेपाल भित्रिएको छ भने चीनबाट ५९ अर्ब २६ करोडको मालवस्तु नेपाली बजारमा भित्रिएका छन् । यो अवधिमा नेपालबाट भने भारतमा १७ अर्ब ८७ करोड र चीनबाट ४५ करोड रुपैयाँको मालवस्तु निर्यात भएका छन् ।

Share News