काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको १५औँ बर्ष सफलतापूूर्वक पूरा गरी १६औँ बर्षमा प्रवेश गरेको छ । बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा केक काटेर १५औँ बार्षिक उत्सव मनाइएको हो ।
बिहिबार कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले केक काटेर वार्षिकोत्सवको उपलक्ष्यमा सबैलाई शुभकामना व्यक्त गरे ।
बार्षिक उत्सवकै अवसरमा बैंकल आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिगतका वर्षहरुमा जस्तै “रक्तदान–जीवनदान”भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाडौंमा मिति शुक्रबार रक्तदान कार्यक्रम गर्ने र शनिबार बैंकका कर्मचारी तथा ग्राहकको उपस्थितिमा प्रभातफेरी कार्यक्रम गर्ने तयारी रहेको छ ।