भदौ महिनासम्म ९ वाणिज्य बैंक घाटामा, त्रैमासिक रिपाेर्ट कस्ताे आउला ?

<p>काठमाडौं । भदाै महिनासम्म ९ ओटा बैंक घाटामा रहेको पाइएकाे छ । नेपाल राष्ट्र बैंककाे तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका २८ ओटा वाणिज्य बैंकहरुमध्ये साे संख्याका बैंकहरु घाटामा रहँदा बाँकी १९ बैंकहरु मात्रै नाफामा रहेकाे देखिएकाे हाे । नाफामा रहेका बैंकहरुको पनि साे अवधिकाे नाफा निकै कम देखिएको छ । दुई महिनाको यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले  [&hellip;]</p>

काठमाडौं । भदाै महिनासम्म ९ ओटा बैंक घाटामा रहेको पाइएकाे छ । नेपाल राष्ट्र बैंककाे तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका २८ ओटा वाणिज्य बैंकहरुमध्ये साे संख्याका बैंकहरु घाटामा रहँदा बाँकी १९ बैंकहरु मात्रै नाफामा रहेकाे देखिएकाे हाे । नाफामा रहेका बैंकहरुको पनि साे अवधिकाे नाफा निकै कम देखिएको छ ।

दुई महिनाको यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले  १ अर्ब १ करोड नाफा कमाएर साे अवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंकको सूचीमा परेको छ । त्यस्तै, नबिल बैंकको ७५ करोड १७ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको ७२ करोड ५ लाख, प्रभु बैंकले ६८ करोड २२ लाख रुपैंया नाफा गरेर क्रमशः दोस्रो, तेस्रो र चौथो स्थान कायम गरेका छन् । सो अवधिमा एनआईसी एशिया बैंकले एक करोड २८ लाखमात्रै नाफा कमाएको छ । त्यसबाहेक स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल एसबीआई, एभरेष्ट, बैंक अफ काठमाण्डू, माछापुच्छ्रे, सिद्धार्थ, कृषि विकास, ग्लोबल आईएमई, सिटिजन्स, सनराइज, एनएमबि, मेगा र सानिमा बैंकले सो अवधिमा नाफामा रहेको विवरण पेश गरेका छन् ।

घाटामा जाने बैंकहरुमा भने नेपाल बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, प्राइम कमर्शियल बैंक, जनता बैंक, सिभिल बैंक र सेञ्चुरी बैंक छन् । यो अवधिमा कुमारी बैंकको सबैभन्दा धेरै ७९ करोड ६ लाख रुपैंयाँ तथा नेपाल बैंकको ७६ करोड ८३ लाख रुपैंयाँ घाटा देखिएको छ ।

विवरणहरु सही छन् त ?

राष्ट्र बैंकको मासिक तथ्यांकमार्फत् सार्वजनिक हुने यी विवरणहरुलाई पूर्ण रुपमा सही मान्न नसकिए पनि यी तथ्यांकहरु पूर्ण रुपमा गलत भने होइनन् । नेपाल राष्ट्र बैंकले प्रत्येक बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न बैंकिङ सूचनाहरुको नियमित रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरेको छ । यसमध्ये केही दैनिक, केही साप्ताहिक र केही मासिक विवरणहरु छन् ।

त्यसका लागि बैंकले त्यस्तो रिपोर्टिङ गर्ने छुट्टै अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधान समेत छ । उनीहरूले इन्टरनेटमा आधारित सूचना प्रविधिमार्फत् गर्ने आधिकारिक रिपोर्टिङलाई नै राष्ट्र बैंकले आफ्नो प्रकाशनको रुपमा प्रकाशित गर्ने गर्छ ।

नेपाल राष्ट्र बैंक नियमन विभागअन्तर्गतको नीति अनुसन्धान विश्लेषण महाशाखाका अनुसार बैंकहरुले पठाएको रिपोर्टिङलाई जस्ताको त्यस्तै प्रकाशन गर्ने मात्रै हो, त्यो पनि कम्युटराइज्ड सफ्टवेयरमार्फत् आउँछ, त्यसैले यसमा हाम्रो खासै केही भूमिका हुन्न, कुनै तथ्यांक अस्वाभाविक लाग्यो भने हामीले के भएको हो भनेर सोध्न चाहिँ सक्छौं ।’

किन देखिन्छ यस्तो फरक ?

बैंकहरुले त्रैमासको अन्त्यलाई लोन सेटलमेन्टको मुख्य समय बनाउँछन् । असोजको मध्यदेखि मात्रै बैंकहरूले आफ्ना ऋणीहरुसँग ऋणको ब्याज तथा सावाँ भुक्तानीका लागि ताकेता गर्न थाल्छन् । त्यसैले बैंकहरूले गर्ने धेरैजसो ब्याज आम्दानीहरू त्रैमासको अन्त्यतिर मात्रै हुने गर्छ ।

तर बैंकहरुको सञ्चालन खर्च, कर्मचारी खर्च तथा कतिपय अवस्थामा ब्याज खर्चहरू समेत नियमित रुपमा भुक्तानी गर्नुपर्ने भएकोले बैंकहरू कुनै महिनामा नाफा र कुनै महिनामा घाटामा देखिन गएका हुन् । यद्यपि आम्दानी पनि खर्चजस्तै नियमित रुपमा हुनुलाई राम्रो मान्न सकिने राष्ट्र बैंकले जनाएको छ । उनले भने – ‘तर भदौ महिनाको नाफालाई हेरेर असोज महिनाको नाफाको पूर्वानुमान भने नगर्दा नै राम्रो हुन्छ ।’

Share News