हरेक बैंकका आ-आफ्नै मर्चेन्ट बैंकर्स, ३१औं नम्बरमा हिमालयन क्यापिटल आयो

<p>काठमाडौं । प्रत्येक बैंकले एउटा एउटा मर्चेन्ट बैंकिङ एण्ड इन्भेष्टमेन्ट कम्पनी खोल्ने क्रम जारी रहेको छ । ३१औं नम्बरमा हिमालयन बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल खुल्ने भएको छ । बैंकको पूर्ण स्वामित्वमा रहेको यो कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ । शुक्रबारदेखि औपचारिक कारोबार शुरु गर्न लागेको यस कम्पनीको मुख्य कार्यालय ठमेलमा राखिएको [&hellip;]</p>

काठमाडौं । प्रत्येक बैंकले एउटा एउटा मर्चेन्ट बैंकिङ एण्ड इन्भेष्टमेन्ट कम्पनी खोल्ने क्रम जारी रहेको छ । ३१औं नम्बरमा हिमालयन बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल खुल्ने भएको छ ।

बैंकको पूर्ण स्वामित्वमा रहेको यो कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ । शुक्रबारदेखि औपचारिक कारोबार शुरु गर्न लागेको यस कम्पनीको मुख्य कार्यालय ठमेलमा राखिएको छ ।

यस कम्पनीले मर्चेन्ट बैकिङ तथा इन्भेष्टमेन्ट सम्बन्धी सबै काम गर्ने उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले जानकारी दिए । नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रेशन, अन्डरराटिङ, पोर्टफोलियो म्यानेजमेन्ट, कर्पोरेट एडभाइजरीको काम गर्ने अनुमति लिइएको उनले जानकारी दिए ।

हालसम्म बैंक अफ काठमाडौं, सिटिजन्स बैंक, सिभिल बैंक, सेन्चुरी बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, मेगा बैंक, जनता बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, नेपाल एसबिआई बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सनराईज बैंक र हिमालयन बैंक गरी २१ वटा वाणिज्य बैंकको आआफ्नै मर्चेन्ट बैकिङ कम्पनी छन् ।

पछिल्लो समय मुक्तिनाथ विकास बैंकले पनि मर्चेन्ट बैकिङ कम्पनी किनेको छ । नागरिक लगानी कोषले पनि मर्चेन्ट बैकिङको काम गर्दै आएको छ । बैंकको एकल स्वामित्वमा नभएको अन्य ९ वटा मर्चेन्ट बैकिङ कम्पनीहरु पनि सञ्चालनमा रहेका छन् । सानाे बजार, धेरै कम्पनी भएकाले अधिकांश मर्चेन्ट बैंकर्स कम्पनी नाेक्सानमा चलिरहेकाे तिनकाे वित्तीय  विवरणले देखाउँछ ।

Share News