
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा.लि. को सेलपे सेवाले आजबाट स्टल एक्टिभेसन शुरु गर्ने भएको छ । उक्त एक्टिभेसन कम्पनीले सिभिल महलमा कात्तिक ८ गते शुक्रबारका दिन र लविम महलमा कात्तिक ९ गने शनिबारका दिन १० बजे देखि ५ बजेसम्म हुने कम्पनीले जनाएको छ ।
यस एक्टिभेसनको मुल उदेश्य ग्राहकहरुसँग अन्तर्क्रिया बढाउन र सेलपे एप्पको बारे यसको प्रयोग र फाइदाहरुको विस्तारमा जानकारी उपलब्ध गराउने रहेका छ । एक्टिभेसनको समयमा सेलपेले स्पटके वाईसी प्रमाणिकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पश्चात १०० रुपैयाँको फ्री टपअप आफ्नो ग्राहकहरुलाई प्रदान गर्नेछ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुबै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ ।
यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।