
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड भित्र क्रियाशिल रहेका तीनवटा ट्रेड युनियनहरुको संयुक्त आयोजनामा बडा दशैं, तिहार, नेपाल सम्वत् ११४०, चासोक तङ्गनाम, ल्होसार, छठपर्व लगायत चाडपर्वहरुका उपलक्ष्यमा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
तीनवटै ट्रेड युनियनका अध्यक्ष क्रमशः राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष हेमराज सुेवेदी, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंक लि.का अध्यक्ष गगनसिंह घिमिरे, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंक लि.का अध्यक्ष दिपेन्द्र कार्कीले संयुक्त रुपमा अध्यक्षता गरेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रुमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृत, विभागीय प्रमुखहरु, विभागीय उप प्रमुखहरु, शाखा प्रबन्धकहरु, तीनवटै युनियका पदाधिकारीहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका महासचिव उभार पाण्डेले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रमको संचालन नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका महासचिव मिलनबाबु नेपाल र राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका सचिव ईश्वर उप्रेतीले संयुक्त रुपमा गरेका थिए ।