बैंक तथा वित्तीय संस्थाले संकलन गरे ४४ अर्ब निक्षेप, २३ अर्ब लगानी

<p>काठमाडौं । असोज महिना नेपालीको महान चाड दशैं परेकाले बैंकमा निक्षेप संकलन राम्रो देखिएको छ । दशैंमा कर्मचारीको तलबमा एक महिनाको थप तलब समेत बढेर आउने र अन्य खर्च समेत बढ्ने भएको बैंकिङ च्यानलमा बढी निक्षेप देखिएको हो । असोज महिनामा मात्र बैंक तथा वित्तीय संस्थाहरूले ४४ अर्ब अर्थात दिनको डेढ अर्ब रुपैयाँ निक्षेप संकलन [&hellip;]</p>

काठमाडौं । असोज महिना नेपालीको महान चाड दशैं परेकाले बैंकमा निक्षेप संकलन राम्रो देखिएको छ । दशैंमा कर्मचारीको तलबमा एक महिनाको थप तलब समेत बढेर आउने र अन्य खर्च समेत बढ्ने भएको बैंकिङ च्यानलमा बढी निक्षेप देखिएको हो । असोज महिनामा मात्र बैंक तथा वित्तीय संस्थाहरूले ४४ अर्ब अर्थात दिनको डेढ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

यसले अप्ठ्यारो पर्ने अवस्थामा पुगेका बैंकहरूलाई केही सहज बनाएको छ । सरकारले पूँजीगत खर्च गर्न सकेको भए अझ यो निक्षेप बढ्ने थियो । तर, सरकार चालु आवको यो अवधिमा जम्मा १८ अर्ब ५८ करोड रुपैयाँमात्र खर्च गरेको छ । यस अघि निक्षेपको तुलनामा बढी कर्जा प्रवाह हुँदा बैंकर्सहरूले पुनःलगानी योग्य पुँजी अभाव हुने अनुमान गरेका थिए ।

भदौमा ५७ अर्ब कर्जा प्रवाह

देशमा संचालित बैंक तथा वित्तीय संस्थाले भदौ महिनामा ५७ अर्ब कर्जा प्रभाव गरेका छन् । भदौकै जस्तो कर्जा प्रभाव असोजमा भने बढ्न सकेको छैन । असोजमा भने वित्तीय संस्थाहरूले २३ अर्बमात्रै कर्जा प्रभाव गरेका छन् । असोजमा दशैं परेकोले निक्षेप संकलनको तुलनामा कम कर्जा भएको छ ।

असारमा ४४ अर्ब बढेको निक्षेप साउन र भदौमा लगानी गर्दा बैंकहरू रित्तिने अवस्थामा पुगेका थिए । असोजमा थपिएको निक्षेपले बैंकहरू केही सहज अवस्थामा पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो सातासम्म ५ प्रतिशत रहेको बैंकहरूको अन्तर बैंक ब्याजदर अहिले घटेर ३ प्रतिशतमा पुुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

असार कर्जा प्रवाह गर्ने महिनाको रुपमा बैंकहरूले प्राथमिकतामा नपारेपनि २५ अर्ब लगानी भएको छ । असार महिना बैंकर्सहरूका लागि कर्जा असुली गर्ने र योजना बनाउने महिना हो । यद्यपी बैंकहरूले बढाएको कर्जा प्रवाह निजी क्षेत्रमा मात्र नभएर सरकारी र वित्तीय दुबै संस्थामा बढेको तथ्यांक राष्ट्र बैंक तयार पारेको छ ।

निजी क्षेत्रले भदौ महिनामा ५६ अर्बले कर्जा बढाएका छन् । यसरी सबै क्षेत्रबाट कर्जाको माग बढ्दै जाँदा बैंकहरूमा तरलता अभाव देखिन थालेको छ । राष्ट्र दिएको पछिल्लो तथ्यांकअनुसार अहिले बैंक तथा वित्तीय संस्थासँग ३० अर्ब तरलता छ ।

Share News