हेटौँडा र चनौलीमा सिन्धु विकास बैंकको शाखा बिस्तार

<p>काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडले मकवानपुर जिल्लाको हेटौडा बजार बैंकको शाखा स्थापना गरेको छ । उक्त शाखा हेटौडा उप-महानगरपालिकाका उप–प्रमुख श्रीमती मिना कुमारी लामा तथा मकवानपुर उधोग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हाल सम्मको प्रगती [&hellip;]</p>

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडले मकवानपुर जिल्लाको हेटौडा बजार बैंकको शाखा स्थापना गरेको छ ।

उक्त शाखा हेटौडा उप-महानगरपालिकाका उप–प्रमुख श्रीमती मिना कुमारी लामा तथा मकवानपुर उधोग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हाल सम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा आफ्नो मन्तव्य राखेका थिए ।

यसैबीच, चितवन जिल्लाको चनौलि बजारमा पनि बैंकले शाखा बिस्तार गरेको छ । उक्त शाखा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् ।

सो अवसरमा बैंकका अध्यक्ष श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हाल सम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।

Share News