६१ प्रतिशत जनसंख्यामा पुग्यो बैंकिङ पहुँच, २ वर्षमा ४४३ बैंक शाखा थपिए

<p>काठमाडौं । देशमा संघीयता कार्यान्वयनमा गएसँगै बैकिङ पहुँच बढ्दै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार हालको २ करोड ९६ लाख नौ हजार ६ सय २३ जनसंख्यामध्ये ६०.९ प्रतिशतमा बैकिङ पहुँच पुगेको हो । सो तथ्यांकले एक करोड ८० लाख ३२ हजार २ सय ६० जनसंख्याको निक्षेप खाता संचालन रहेको देखाएको छ । [&hellip;]</p>

काठमाडौं । देशमा संघीयता कार्यान्वयनमा गएसँगै बैकिङ पहुँच बढ्दै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार हालको २ करोड ९६ लाख नौ हजार ६ सय २३ जनसंख्यामध्ये ६०.९ प्रतिशतमा बैकिङ पहुँच पुगेको हो । सो तथ्यांकले एक करोड ८० लाख ३२ हजार २ सय ६० जनसंख्याको निक्षेप खाता संचालन रहेको देखाएको छ ।

देशमा २८ बाणिज्य बैंकका आठ हजार आठ सय ५ शाखा संचालनमा रहेका छन् । औसतमा ३ हजार ३ सय ६३ जनाले एक बैंक शाखाबाट सेवा पाइरहेको तथ्यांकमा उल्लेख गरिएको छ । अझै एक करोड १५ लाख ७७ हजार ३ सय ६३ जनसंख्या वाणिज्य बैंकको सेवा बाहिर रहेका छन् ।

सबै स्थानीय तहमा कम्तीमा पनि एक बैंक शाखा पुर्याउने सरकारी नीति अनुरुप २०७६ मा बैंकिङ शाखा र पहुँच दुबै बढेको हो । हालसम्म ७ सय ३९ स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ । सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंकको नीति लिएको वर्ष २०७४ असार मसान्तसम्म जम्मा २९६ स्थानीय तहमा मात्रै बैंक शाखा पुगेकोे थियो । २ वर्षको अवधिमा ४ सय ४३ स्थानीय तहमा बैंक शाखा विस्तार भएको छ ।

बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार हुँदै जाँदा वित्तीय पहुँच गर्ने जनसंख्या पनि बढ्दै गएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । ‘सरकारले लिएको नीति अनुरुप वित्तीय क्षेत्रमा आम नागरिकको पहुँच बढ्दै गएको छ,’ उनले भने ‘अबको केही वर्षमा सबै नेपालीले वित्तीय सेवा पाउने छन् ।’ उनले भने ‘नेपालमा वित्तीय पहुँच बढ्दै गएको छ,’ उनले भने ‘बैंक तथा वित्तीय संस्थाहरूको संख्यात्मक वृद्धिसँगै प्रविधिको प्रयोग तीव्र रुपमा बढ्दै गएको हो ।’

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता खोलेको आधारमा बैंकिङ पहुँच मापन गरेको हो । २०७६ जेठ मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूमा स्वदेशी र विदेशी गरी कुल दुई करोड ७८ लाख ६७ हजार अर्थात कुल जनसंख्याको ९४.१ प्रतिशत निक्षेप खाता रहेको छ ।

एक व्यक्तिको एक निक्षेप खाता र विदेशी नागरिकको खाता हटाउँदा जम्मा एक करोड ८० लाख बचत खाता हुन आएको राष्ट्रले सार्वजनिक गरेको ‘नेपालमा वित्तीय पहुँचको स्थिति’ प्रतिवेदनमा उल्लेख गरिएको छ । हाल बैंक तथा वित्तीय संस्थाको सहित हिसाव गर्दा भने प्रतिशाखा तीन हजार ३ सय पुगेको छ ।

Share News