काठमाडौं । गैर अवासीय नेपाली संघ (एनआरएन) को ९ औँ विश्व सम्मेलन राजधानीमा शुरु भएको छ । मंगलबार सुरु भएको एनआरएनको सम्मेलन आगामी बिहीबारसम्म चल्नेछ ।
कार्यक्रमको प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारी हुन्। यस्तै, परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली, उद्योग वाणिज्य महासंघको वरिष्ट उपाध्यक्ष भवानी राणा, एनआएनएका अध्यक्ष भवन भट्ट लगायतको कार्यक्रममा उपस्थिति रहेकाे छ ।
यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल इन्भेष्टमेण्ट बोर्डका सिईओ महा प्रसाद अधिकारी, नेपाल उद्योग परिसंघका अध्यक्ष सत्तिस कुमार मोर, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, फेड्रेसन अफ नेप्लीज चेम्बर अफ कमर्सका उपाध्यक्ष चन्द्र ढकालको कार्यक्रममा उपस्थित रहने छन् ।
सम्मेलनमा ८१ देशबाट २५ सय प्रतिनिधि सहभागी छन् । बिहान ९ बजे शुरू भएकाे उक्त कार्यक्रम साँझ साढे ६ बजेसम्म संचालन हुनेछ ।