शितल निवासमा दुई देशका राष्ट्रपतिबीच भेटवार्ता, केरूङ-काठमाडाैं-लुम्बिनी रेलमार्गबारे छलफल

<p>&nbsp; काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएकाे जनाइएकाे छ । राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा काठमाठाैं आएका छन् ।शितल निवासमा भएकाे वार्तामा दुइ देशका उच्च अधिकारीहरू सहभागी [&hellip;]</p>

 

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएकाे जनाइएकाे छ ।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा काठमाठाैं आएका छन् ।शितल निवासमा भएकाे वार्तामा दुइ देशका उच्च अधिकारीहरू सहभागी भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताएकी छन् ।

राष्ट्रपति सी चिनफिङ शितलनिवासकाे आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका छन् । त्यसपछि राष्ट्रपति भण्डारीले आयाेजना गरेकाे रात्रीभाेजमा समकक्षी सी चिनफिङ सहभागी भएका थिए ।

राष्ट्रपति सीले कोदारी राजमार्गको स्तरोन्नति, केरूङ-काठमाडौं सुरूङ मार्ग निर्माण र रेलमार्ग निर्माण कार्यमा क्रमबद्ध सहयोग गर्दै जाने बताएका छन् ।

राष्ट्रपति सीले ल्याण्डलक नेपालकाे ल्याण्ड लिङ्क बन्ने चाहानामा सहयाेग गर्ने बताएका छन् । उनले योजना अनुसार काम गर्नु पर्नेमा जाेड दिए । उनले चीन हिमालय सीमा पारकाे विकासमा सहयाेगि बन्न चाहेकाे बताए ।

रात्रीभाेजमा दुइ देशका उच्च राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारीहरू, कुटनीतिक व्यक्तिहरू भएका छन् ।
-फाेटाेहरू राससबाट

Share News