पाकिस्तानको धुलो छेक्न गुजरातदेखि दिल्लीसम्म ‘ग्रीनवाल’ बनाउँदै भारत

<p>नयाँदिल्ली । भारतको केन्द्र सरकारले गुजरातदेखि दिल्लीसम्म करिब १४०० किलोमिटर हरित पर्खाल बनाउने भएको छ । हरित सम्पदा संरक्षणका लागि भन्दै भारतले उक्त क्षेत्रमा पर्खाल लगाउने योजना अघि बढाएको हो । उक्त साे हरित पर्खाललाई ‘ग्रिनवाल’ नामाकरण गरिएको छ । दक्षिण अफ्रिकाको सिको गर्दै भारतले १४०० किलोमिटर लम्बाई र ५ किलोमिटर चौडाईको त्यस्तो हरित पर्खाल निर्माणको [&hellip;]</p>

नयाँदिल्ली । भारतको केन्द्र सरकारले गुजरातदेखि दिल्लीसम्म करिब १४०० किलोमिटर हरित पर्खाल बनाउने भएको छ । हरित सम्पदा संरक्षणका लागि भन्दै भारतले उक्त क्षेत्रमा पर्खाल लगाउने योजना अघि बढाएको हो । उक्त साे हरित पर्खाललाई ‘ग्रिनवाल’ नामाकरण गरिएको छ ।

दक्षिण अफ्रिकाको सिको गर्दै भारतले १४०० किलोमिटर लम्बाई र ५ किलोमिटर चौडाईको त्यस्तो हरित पर्खाल निर्माणको योजना अघि बढाएको हो । दक्षिण अफ्रिकाले जलवायू परिवर्तन र मरुभूमिकरण अन्त्यका लागि भन्दै ‘ग्रेट ग्रीन वाल अफ साहरा’ नामक हरित पर्खाल बनाइसकेको छ ।

यो योजना अझै सुरुवाती अवस्थामा रहेको बताइएको छ तर यो योजना पूरा भयो भने पाकिस्तानको र भारतकै राजस्थानमा पर्ने थार मरुभूमिबाट उडेर आउने बालुवा आउन बन्द हुनेछ विश्वास गरिएकाे छ जसले गर्दा त्यसभन्दा पूर्वको राजस्थान, गुजरात, हरियाणा र दिल्ली प्रदेशका क्षेत्रमा रहेका २ करोड ६० लाख हेक्टर वनजंगलको संरक्षण गर्न सहयोग बताइएको छ ।

संयुक्त राष्ट्रसंघको वातावरणसम्बन्धी सम्मेलनले भारतलाई त्यस्तो पर्खाल लगाउन सुझाएको थियो । यो योजना २०३० सालसम्म पूरा गर्नेगरी प्रक्रिया अघि बढाएको छ । यद्यपि यसमा सबै प्रदेशहरु सहमत हुन नसकेकाे बताइएकाे छ ।

के हो हरित पर्खाल ?

रुख नभएका ठाउँहरुमा वृक्षारोपण गर्ने र रुख भएका ठाउँहरुमा जंगलको संरक्षण र संवद्र्धन गर्नु नै ग्रिनवाल लगाउनु हो । मरुभूमि र उब्जाउशील भूािको बीचमा संरक्षण गरिने यस्तो जंगलले मरुभूमिको उष्ण हावापानी र बालुवाका कणहरुलाई उब्जाउशील क्षेत्रमा आउन दिँदैन जसले गर्दा त्यस्तो क्षेत्रमा जलवायु परिवर्तन नहुने र माटोको उर्वरा कायम राख्न सहयोग पुग्ने विश्वास गरिन्छ ।

दक्षिण अफ्रीकी देशहरुमान बढ्दै गएको मरुभूमिकरण अन्त्यका लागि अफ्रिकन युनियन अन्तर्गतका देशहरुले सहारा मरुभुमिको बालुवा आउन नदिन पहिलोपटक १० माइल चौडाई र ४३५० माइल लम्बाई भएको उक्त ग्रीन वाललाई ‘ग्रेट ग्रिन वाल अफ साहारा’ नामाकरण गरिएको थियो । यो हरित पर्खालले सोचेअनुरुप नतिजा दिन नसकेको अवस्थामा भारतले यस्तो योजना अघि सारेको हो ।

Share News