एनआईसी एशियाले तिर्यो १० अर्ब ८ करोड राजश्व, सेयरधनीले पाएको लाभांश भन्दा ५४९ प्रतिशत बढी

<p>काठमाडौं । एनआईसी एशिया बैंकले सरकारलाई १० अर्ब ८ करोड रुपैयाँ राजश्व तिरेको छ । उक्त रकम बैंकले आफ्ना लगानीकर्तालाई वितरण गरेको लाभांश भन्दा ५४९.५२ प्रतिशतले बढी हो । वार्षिक साधारणसभा सम्पन्न गरेपछि र सेयरधनीलाई लाभांश वितरण गरेपछि बैंकले गत आर्थिक वर्ष सरकारलाई तिरेको राजश्व तथ्याङ्क सार्वजनिक गरेको हो । पछिल्ला वर्षमा सरकारले करको दर [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले सरकारलाई १० अर्ब ८ करोड रुपैयाँ राजश्व तिरेको छ । उक्त रकम बैंकले आफ्ना लगानीकर्तालाई वितरण गरेको लाभांश भन्दा ५४९.५२ प्रतिशतले बढी हो ।

वार्षिक साधारणसभा सम्पन्न गरेपछि र सेयरधनीलाई लाभांश वितरण गरेपछि बैंकले गत आर्थिक वर्ष सरकारलाई तिरेको राजश्व तथ्याङ्क सार्वजनिक गरेको हो । पछिल्ला वर्षमा सरकारले करको दर व्यापक वृद्धि गरेको भन्दै निजी क्षेत्रका लगानीकर्तामा चरम निरासा छाएको छ ।

८ अर्ब ८३ करोड चुक्ता पुँजी भएको बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १ अर्ब ८५ करोड रुपैयाँ लाभांश बाढेको थियो । बैंकले लगानीकर्तालाई दिएको लाभांश भन्दा सरकारलाई तिरेको राजश्व ५४९ प्रतिशतले बढी हो ।

नायव प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाका अनुसार बैंकको नाफामा लाग्ने कर, सेयरधनीको लाभांशमा लाग्ने कर, कर्मचारीको आयमा लाग्ने कर, व्याज आम्दानीमा लाग्ने कर, अफिस भाडा कर लगायत विभिन्न शिर्षकमा लाग्ने कर संकलन गरी बैंकले गत एक आर्थिक वर्षमा मात्र १० अर्ब ८ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको हो ।

‘हामीले सरकारलाई कर मात्र तिरेका छैनौं, वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छौं’ उनले भने–‘वित्तीय पहुँच वृद्धिका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान दुर्गम क्षेत्रमा गएर वित्तीेय सेवा पनि दिएका छौं, कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।’ यी क्षेत्रमा सेवा प्रदान गर्दा बैंकले नाफा भन्दा सामाजिक दाहित्वको रुपमा काम गरेको उनले बताए ।

Share News