उद्योगी तथा लगानीकर्ताको हित सुरक्षाका लागि प्रदेश दुई सरकारले पहल गर्ने

<p>काठमाडौँ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योगी तथा लगानीकर्ताको लगानी सुरक्षाका लागि प्रदेश सरकार जुनसुकै कदम उठाउन पनि तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघ पुगेर मुख्यमन्त्री राउतले लगानी बिना समृद्धि सम्भव नभएकोले आफुले नयाँ लगानी आकर्षित गर्न तथा साविकका लगानीकर्ताको हित सुरक्षाका लागि प्रतिबद्ध रहेको बताए । नयाँ लगानीका लागि [&hellip;]</p>

काठमाडौँ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योगी तथा लगानीकर्ताको लगानी सुरक्षाका लागि प्रदेश सरकार जुनसुकै कदम उठाउन पनि तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघ पुगेर मुख्यमन्त्री राउतले लगानी बिना समृद्धि सम्भव नभएकोले आफुले नयाँ लगानी आकर्षित गर्न तथा साविकका लगानीकर्ताको हित सुरक्षाका लागि प्रतिबद्ध रहेको बताए ।

नयाँ लगानीका लागि कानूनी सुधार, कर सहुलियत तथा भूमि प्राप्तीलाई सहज बनाउन हरदम प्रयास भइरहेको पनि मुख्यमन्त्री राउतले बताए । साविकका उद्योगी तथा लगानीकर्ताहरुलाई भइरहेको दोहोरो कर तथा विद्युत महशुलमा रहेको अन्तरले परेको समस्या समाधानका लागि प्रदेश तहमा र संघीय सरकारको तहमा समेत पहल गर्ने प्रतिबद्धता मुख्यमन्त्री राउतले व्यक्त गरे । गर्नु भयो ।

सो अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले संघीय र प्रादेशिक दुवै तहमा सरकार र उद्योगी तथा लगानीकर्ताबीच विश्वासको वातावरण बनाउनु पर्ने समय आएको बताए । परिसंघका उपाध्यक्ष सुलभ अग्रवालले विद्युत महशुलमा देखिएको समस्या समाधान नभए सिमरा बिरगञ्ज कोरिडोरमा रहेका ठूला उद्योगहरु प्रतिस्पर्धी बन्न नसकी बन्द गर्नु पर्ने अवस्था आउन सक्ने बताए ।

सो अवसरमा परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले हालै सम्पन्न पूर्वाधार सम्मेलनमा प्रदेशमा लगानी बढाउने उपाय स्वरुप प्रस्ताव गरिएको प्रादेशिक लगानी साझेदारी मञ्च निर्माणमा अग्रसरताको अपेक्षा गरेको पनि उल्लेख गरे । सो अवसरमा परिसंघका अर्का उपाध्यक्ष राजेश अग्रवाल र परिसंघ राष्ट्रिय परिषद सदस्य नरेश दासले पनि प्रदेश २ मा रहेका उद्योगको अवस्था र समस्या समाधानका लागि आवश्यक पहल लिन पनि मुख्यमन्त्री राउतसंग आग्रह गरे ।

Share News