एसएमईमा एक तिहाई लगानी पैतृक सम्पत्तिबाट, १७ लाख रोजगारी सिर्जना

<p>काठमाडौं । नेपालमा संचालित साना तथा मझौला (एसएमई) उद्योगहरूले ३३ प्रतिशत लगानी पैतृक सम्पत्तिबाट जुटाउने गरेको छन् । राष्ट्र बैंकले साना तथा मझौला उद्यममा वित्तीय साधन परिचालन सम्बन्धि गरेको एक अध्ययनले त्यस्ता उद्योगहरुमा लगानी हुने कुल लगानीमध्ये २६ प्रतिशत लगानी सञ्चालकले आफ्नै बचतबाट जुटाउने गरेको देखाएको छ । त्यस्तै, १६ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाबाट [&hellip;]</p>

काठमाडौं । नेपालमा संचालित साना तथा मझौला (एसएमई) उद्योगहरूले ३३ प्रतिशत लगानी पैतृक सम्पत्तिबाट जुटाउने गरेको छन् । राष्ट्र बैंकले साना तथा मझौला उद्यममा वित्तीय साधन परिचालन सम्बन्धि गरेको एक अध्ययनले त्यस्ता उद्योगहरुमा लगानी हुने कुल लगानीमध्ये २६ प्रतिशत लगानी सञ्चालकले आफ्नै बचतबाट जुटाउने गरेको देखाएको छ ।

त्यस्तै, १६ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर,  ८ प्रतिशत अनौपचारिक कर्जाबाट र  ७ प्रतिशत विप्रेषणबाट र ०.५ प्रतिशत भेञ्चर क्यापिटलबाट कर्जा जुट्ने गरेको देखाएको छ । अध्ययनले ५० प्रतिशत एसएमईले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर संचालित भएकाे  जनाइएकाे छ । सो कर्जामध्ये ८५ प्रतिशत कर्जा वाणिज्य बैंकबाट प्रवाह भएको छ । करिब दुई तिहाई एसएमईले छोटो अवधिको कर्जा लिएका छन् ।

यद्यपि अधिकांशलाई दीर्घकालीन कर्जाको आवश्यकता पर्ने गरेको अध्ययनले देखाएको छ । वित्तीय संस्थाबाट कर्जा लिँदा करिब ८५ प्रतिशतले घरजग्गा धितो राखेर कर्जा लिएको अध्ययनले देखाएको छ । यी उद्यमीहरूले औसतमा बैंक तथा वित्तीय संस्थालाई साढे १२ प्रतिशत ब्याज तिर्दै आएका छन् ।

नेपालमा साना तथा मझौला व्यवसायले कुल गार्हस्थ्य उत्पादन(जीडीपी)मा २२ प्रतिशत योगदान रहेको छ भने १७ लाख रोजगारी सिर्जना भएको छ । हाल नेपालमा नौ लाख २३ हजार ३ सय ५६ व्यवसायिक इकाई संचालनमा रहेका छन् । सो मध्ये २ लाख ६८ हजार ९ सय ३४ साना तथा मझौला उद्योग दर्ता भएका छन् । नेपालमा एसएमईकमा फाइनान्सिङ अवस्था, समस्या, सम्भावनाको पहिचान सहित यसलाई सरल, सहज पहुँच योग्य बनाउने उद्देश्यले यो अध्ययन गरिएको हो ।

Share News