काठमाडाैं । नेतृत्वको लडाईले निजी उद्यमी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघलाई विभाजन गरेको छ । स्वार्थी व्यक्तिहरूले गर्दा महासंघमा अन्योलता सिर्जना गरेको छ । विधान संशोधनको तयारीमा महासंघ पुगेको छ । यसमा लागि महासंघले कार्तिक २९ गते विशेष साधारणसभा बोलाएको छ ।
चुनावमा विधान संशोधन र बरिष्ठ सदस्यको प्रस्ताव लिएर जान्छ । हामी प्रत्यक्ष निर्वाचन प्रणालीमा नै जाने हो । ९० प्रतिशत सदस्यबाट प्रत्यक्ष निर्वाचन प्रणाली जाने आशय आएको छ । ६१ प्रतिशत सदस्यबाट विधान संशोधनको प्रस्ताव पारित भयो भने विधान संशोधन गर्न ढोका खुल्छ ।
२०७२ मा छैटौं पटक संशोधन भएको विधान यस पटक विशेष साधारणसभा बोलाएर गर्न लागिएको हो । गत भदौ २९ गते महासंघ पूर्व अध्यक्षहरूले अर्को कार्यकाल पछिमात्र निर्वाचन प्रणालीमा जान सल्लाह दिएका छन् । उहाँहरू हाम्रो अभिभावक हुुनुहुन्छ । उहाँहरूबाट आएको सुझावको पहिलो बुँदामा अध्यक्षको निर्वाचन प्रत्यक्ष प्रणालीमै जानु पर्ने उल्लेख गरिएको छ ।
यदि विशेष साधारणसभाबाट प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने विषयलाई संशोधन गरेन भने अहिले कै व्यवस्था कार्यान्वयनमा जानेछ । पूर्व अध्यक्षहरूको सल्लाह सुझाव महासंघले मान्नु पर्छ । यधपी उहाँहरूबाट आएकै सुझावले दोहोरो अर्थ लाग्ने देखिएको छ ।
विधान संशोधनमा पनि खासगरी पदाधिकारी चयन हुन ६ महिनामात्रै वाँकी रहेकाले अब आउने नयाँ कार्यसमिति सो व्यवस्था लागू नगरी अर्कोदेखि लागू गर्ने भनिएको छ । विधान संशोधनको विषय विशेष साधारणसभाले नगरी आगामी चैतमा हुने साधारणसभाले गर्ने र अर्को कार्यकालबाट लागु गर्ने भन्ने कुरा त्यति व्यवहारिक देखिदैन । यदि कुनै अध्यक्ष दोहोराएर अध्यक्ष बन्न चाहेका फेरि अध्यक्ष भएको व्यक्ति बरिष्ठ उपाध्यक्ष बन्नु पर्ने हुन्छ । यसमा पनि समस्या भएको उनले बताए ।
पूर्व अध्यक्षहरू र महासंघका अन्य सदस्यहरूबाट आएको सल्लाहलाई विशेष साधारणसभामा प्रस्तावका रुपमा लैजान्छौं । सभाले गरेको निर्णय नै सर्वमान्य हुनेछ । अहिले ९० प्रतिशत जति सदस्यबाट प्रत्यक्ष निर्वाचन प्रणालीमा जानु पर्ने सुझाव आएको छ । विधान संशोधन गर्न ६१ प्रतिशत सहमत भए पुग्छ । महासंघ प्रत्यक्ष निर्वाचन प्रणालीमा जान्छ ।
यसमा यो ऊ भन्दा पनि वैधानिक पक्ष हेर्नु पर्ने हुन्छ । विधान संशोधन गर्दा राम्रो हुन्छ, यसले सकारात्मक अभ्यासको विकास गर्छ भनेर २०७२ मा संशोधन गरियो । तर, अहिले व्यवहारिक देखिएन, नेतृत्व भनेको निर्वाचित भएर आएकै राम्रो हुने निष्कर्ष सहित महासंघले यो प्रक्रिया अघि सारेको हो ।