थोमस कुकको १७८ वर्षे इतिहास : जसले पर्यटनलाई स्थापित गरायो तर आफु विघटन भयो

<p>काठमाडौं । १७८ वर्ष इतिहास अन्त्य गर्दै विश्वको पहिलो ट्राभल कम्पनी थोमस ट्राभल्स सोमबार औपचारिक रुपमा विघटन भयो । विश्वका १६ देशमा २२ हजार कर्मचारी र छ लाख यात्रुलाई अलपत्र पार्दै कम्पनीले आफू बन्द भएको घोषणा गरेको हो । आफू बन्द भए पनि कम्पनीले विश्वभर ट्राभलको सुरुवात गरेको जस भने जान्छ । सन् १९४१ मा बेलायतमा खुलेको उक्त [&hellip;]</p>

काठमाडौं । १७८ वर्ष इतिहास अन्त्य गर्दै विश्वको पहिलो ट्राभल कम्पनी थोमस ट्राभल्स सोमबार औपचारिक रुपमा विघटन भयो । विश्वका १६ देशमा २२ हजार कर्मचारी र छ लाख यात्रुलाई अलपत्र पार्दै कम्पनीले आफू बन्द भएको घोषणा गरेको हो । आफू बन्द भए पनि कम्पनीले विश्वभर ट्राभलको सुरुवात गरेको जस भने जान्छ ।

सन् १९४१ मा बेलायतमा खुलेको उक्त कम्पनीले टुर प्याकेजको योजना ल्याएसँगै सन् १९५५ मा अन्तराष्ट्रिय कम्पनीको रुपमा परिणत भएको थियो । औद्योगिक क्रान्तिपछि उच्च र मध्यवर्गीय व्यक्तिहरुको बढ्दो आकांक्षालाई पुरा गर्न उक्त कम्पनीले त्यस्तो सेवा सुरु गरेको थियो जुन पछि विश्वभर प्रचलित भयो ।

सन् १८९२ मा कम्पनीका संस्थापक थोमस कुकको निधन भएपछि मैसन कुकले उक्त कारोबार सम्हालेका थिए । सन् १९२८ मा उक्त कम्पनी सो परिवारले अर्को मालिकलाई बेचिदिएका थिए । दोस्रो विश्वयुद्धमा सो कम्पनीले आफ्ना यात्रुहरुको राम्रो व्यवस्थापन गर्न सकेन । युद्धका कारण हजारौं यात्रुहरु विभिन्न ठाउँमा थुनिनुपर्ने अवस्था आएको थियो । तर दोस्रो विश्वयुद्ध सकिएपछि १९४८ मा सो कम्पनीलाई व्रिटिस सरकारल राष्ट्रियकरण गरेको थियो ।

कम्पनी राष्ट्रियकरण भएको २४ वर्षपछि सन् १९७२ मा सो कम्पनीलाई फेरि निजी क्षेत्रलाई हस्तान्तरण गरियो जसको शेयर मिडल्याण्ड बैंक, होटलियर ट्रष्ट हाउस फोर्ट र अटोमोबाइल एशोसिएसनले किनेका थिए । सोही समयमा बढ्दै गएको तेल संकटका कारण कम्पनी सोही समयमा चल्न नसक्ने अवस्थामा पुगेको थियो तर त्यो समयमा कम्पनीले जसोतसो धानेको थियो । त्योबेला ओइसीडी आवद्ध राष्ट्रहरुले तेल उत्पादन बन्द गरेपछि तेलको मूल्य कयौं गुणा बढेको थियो भने सोही कारण यातायातको भाडा पनि उच्च रुपमा वृद्धि भएको थियो ।

सन् १९९२ मा सो कम्पनीलाई जर्मनीको सहवित्तीयकरण गर्ने संस्थाले लगानी गर्यो । फेरि २००१ मा सी एण्ड एन टुरिस्टिक एजी नामक कम्पनीले यसको अधिग्रहण गरेपछि त्यसको नाम थोमस कुक एजी भएको थियो ।

२००७ मा सो कम्पनीले ले बेलायतकै एउटा ट्राभल कम्पनी माई ट्राभल्सलाई आफूमा गाभ्यो, यही नै यसको पतनको कारण भएको बताइन्छ ।
कम्पनी बन्द हुनुको पछाडि प्रतिस्पर्धालाई नै मुख्य कारणको रुपमा लिइएको छ । जेट होलिडे नाम गरेको कम्पनीसँग प्रतिस्पर्धा गर्न सस्तो ट्राभल प्याकेज ल्याएसँगै कम्पनी घाटामा जान थालेको हो । तर इन्टरनेटको माध्यमबाट सस्तो हवाई टिकट बुक गर्ने कम्पनीहरु सक्रिय भएपछि ‘ट्राभल प्याकेज’ गर्ने यसलाई थप अप्ठ्यारो परेको थियो ।

सो कम्पनी संकटमा पर्न थालेपछि अघिल्ले महिना मात्रै चीनको एउटा इन्भेष्टमेन्ट कम्पनीले १.१ अर्ब डलरको रेस्क्यु गरेको थियो, तर त्यसले पनि कम्पनीलाई बचाउन सकेन फलस्वरुप १७८ वर्षको इतिहासलाई कम्पनीले सोमबार अन्त्य गरिदियो । कम्पनी बन्द भए पनि विश्वभर होलिडे प्याकेज र भ्रमण संस्कृतिको विकास गर्ने जस भने कम्पनीलाई नै जान्छ ।

Share News