
काठमाडौँ । वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेकी प्रतिवादी ४६ वर्षीय विमला थापालाई आइतबार केन्द्रीय अनुसन्धान ब्यूरोले थापागाउँ बानेश्वरबाट पक्राउ गरेको छ ।
सरिताकुमारी सापकोटाको जाहेरीका आधारमा वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ असार २६ गतेको फैसला अनुसार कामनपा वडा नम्बर १० बस्ने थापालाई १ लाख ५० हजार जरिवाना र १ वर्ष ६ महिना कैद हुने ठहर गरिएको थियो ।
उक्त फैसलापछि थापा फरार रहँदै आएकी थिइन्, आइबार पक्राउ परेकी उनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।