वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’

<p>काठमाडौं। वरिष्ठ आँखा रोग बिशेषज्ञ डा. सन्दुक राइतलाई सरकारले प्रधानमन्त्री राष्ट्रिय पुरस्कारबाट सम्मान गर्ने भएको छ। सरकारले डा. राइतलाई पाँच लाख राशिको प्रधानमन्त्री राष्ट्रिय पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो। बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय पुरस्कारबाट सम्मानित गर्ने जानकारी दिएका हुन्। २००६ मा म्यागसेस पुरस्कारबाट [&hellip;]</p>

काठमाडौं। वरिष्ठ आँखा रोग बिशेषज्ञ डा. सन्दुक राइतलाई सरकारले प्रधानमन्त्री राष्ट्रिय पुरस्कारबाट सम्मान गर्ने भएको छ। सरकारले डा. राइतलाई पाँच लाख राशिको प्रधानमन्त्री राष्ट्रिय पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय पुरस्कारबाट सम्मानित गर्ने जानकारी दिएका हुन्।

२००६ मा म्यागसेस पुरस्कारबाट सम्मानित डा. सन्दुक रुइत तिलगंगा आँखा अस्पतालका निर्देशक हुन्। आफ्न हातले एक लाख भन्दा बढी मानिसको आँखाको शल्यकृया गरिसकेका डा. रुईत विश्वोविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सापध्दति ‘रुईतेक्टोमी’का सुरुवातकर्ता पनि हुन।

Share News