काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले अर्थ मन्त्रालयले गठन गरेको समितिले दिएको सुझावअनुसार नेपाल स्टक एक्सचेञ्जले गर्नुपर्ने भनेर तोकिएका कमहरुबारे भएका प्रगतिहरुको विवरण सार्वजनिक गरेको छ ।
‘पुँजीबजार र मुद्राबजारको समस्या समाधान गर्न गठित समिति’ नेप्सेले गर्नुपर्ने भनी विभिन्न ५ ओटा कामहरुबारे सुझाव प्रस्तुत गरेको थियो जसमध्ये बैंकलाई ब्रोकर लाइसेन्स दिने र प्रत्येक जिल्लाहरुमा ब्रोकरको शाखा खोल्न आवश्यक व्यवस्था गर्ने, सर्किट ब्रेकर प्रणालीमा समायोजन गर्ने, लगानीकर्ता संरक्षण कोष स्थापना गर्ने, ओसीटी बजारलाई गतिशील बनाउने, बजारमा मार्केट मेकर वा स्टक डिलरको व्यवस्था गर्ने लगायतका कामहरु थिए ।
जसमध्ये बैंकलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था गर्ने सम्बन्धमा नेप्सेले गत साउन १७ गते नै सूचना प्रकाशित गरी त्यस्तो लाइसेन्सका लागि अनुमतिपत्र लागि सिफारिस गरिएको तर अर्थ समितिको निर्देशनबमोजिम हाल स्थगित राखिएको भनिएको छ । त्यस्तै, सबै प्रदेश, जिल्ला र स्थानीय तहमा ब्रोकर खोल्ने अनुमति दिने सम्बन्धमा कार्यविधि तयार गरी सञ्चालक समितिमा छलफल गरिरहेको नेप्सेले जनाएको छ ।
त्यस्तै, नेप्सेको सर्किट सिस्टम परिवर्तन गर्ने सम्बन्धमा दिएको सुझाव पूर्ण रुपमा कार्यान्वयन भइसकेको, ग्राहक संरक्षण कोष स्थापना भइसकेको जनाएको छ । त्यस्तै, ओसीटी बजारलाई गतिशील बनाउने सम्बन्धमा विगतको कारोबार प्रणालीलाई नै प्रयोग गरी लागत र लाभ अध्ययन गर्दै सुधार गर्दै जाने सम्बन्धमा काम सुरु भइसकेको नेप्सेले जनाएको छ ।
स्टक डिलर स्थापना गर्ने सम्बन्धमा नेप्सेले अध्ययन प्रतिवेदन तयार गरी वोर्डमा पेश गरिसकेको र बजार निर्माताको काम गर्न अहिलेकै कारोबार प्रणालीमा व्यवस्था रहेको समेत नेप्सेले स्पष्ठ पारेको छ ।
[pdf id=172270]