ह्वावेको दशैं अफर, बाली र थाइल्याण्ड भ्रमणको अवसर

<p>काठमाडौँ । यसपालीको दशैंमा ह्वावे नेपालले आफ्नो ग्राहकहरुको लागि लिएर आएको छ खुशीको बहार ! जस अन्तर्गत कुनै पनि ह्वावे फोनको खरिद गरी ग्राहकले एउटा सहज प्रतियोगितामा सहभागी भएर ह्वावे स्मार्ट स्केल, बाली भ्रमण (४ रात, ५ दिन) वा थाइल्याण्ड भ्रमण (४ रात, ५ दिन) मा जाने मौका प्राप्त गर्न सक्ने छन् । प्रतियोगितामा सहभागी [&hellip;]</p>

काठमाडौँ । यसपालीको दशैंमा ह्वावे नेपालले आफ्नो ग्राहकहरुको लागि लिएर आएको छ खुशीको बहार ! जस अन्तर्गत कुनै पनि ह्वावे फोनको खरिद गरी ग्राहकले एउटा सहज प्रतियोगितामा सहभागी भएर ह्वावे स्मार्ट स्केल, बाली भ्रमण (४ रात, ५ दिन) वा थाइल्याण्ड भ्रमण (४ रात, ५ दिन) मा जाने मौका प्राप्त गर्न सक्ने छन् ।

प्रतियोगितामा सहभागी हुनको लागि ह्वावेको प्रयोगकर्ता हुने पर्नेछ । ह्वावे फोन किनेपछि आफ्नो मान्य आईएमई नम्बर राखेर भदौ २९ गतेदेखि असोज १७गते भित्र फेसबुकमा एउटा फर्म भरेको हुनु पर्नेछ ।
सहभागिताका लागि भरेको फर्मको हरेक जानकारी सही हुनु पर्नेछ र लक्की ड्र द्वारा विजेताको घोषणा गर्ने बेला र पुरस्कार प्रदान गर्ने बेला सोही जानकारीलाई आधार मानिनेछ ।

प्रतियोगिताका लागि दर्ता गरिसकेपछि उपहारको घोषणा बारे थाहा पाउनको लागि ह्वावेको फेसबुक र इन्स्टाग्राम पेज फलो गर्ने कम्पनीले जनाएको छ ।

Share News