एलपीजी ग्यासको मूल्य पनि स्वचालित प्रणालीमा, छठ पर्वसम्म पेट्रोलियम पदार्थको मूल्य नबढ्ने

<p>काठमाडौँ । खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि स्वचालित प्रणाली अनुसार घटबढ हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले विहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उक्त कुरा बताएका हुन् । यस विषयमा छलफल भइरहेको र केही दिनमै निर्णय हुने मन्त्री यादवले बताए । यता, यसअघि नै स्वचालित मूल्य निर्धारण प्रणाली लागु भएको पेट्रोल, [&hellip;]</p>


काठमाडौँ । खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि स्वचालित प्रणाली अनुसार घटबढ हुने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले विहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उक्त कुरा बताएका हुन् । यस विषयमा छलफल भइरहेको र केही दिनमै निर्णय हुने मन्त्री यादवले बताए ।

यता, यसअघि नै स्वचालित मूल्य निर्धारण प्रणाली लागु भएको पेट्रोल, डिजल र मट्टीतेलको मूल्य छठ पर्वसम्म नबढ्ने भएको छ ।

मन्त्री यादवले संबिधान दिवसका अवसरमा अन्तर्राष्ट्रिय बजारमा थपघट जे भएपनि नेपाल आयल निगमले मूल्य नबढाउने बताए ।

Share News