काठमाडौँ । सिटिजन्स बैंकले सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र लागु हुने गरी आव २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रु. १,००,४५,२७,७७३/- नगद लाभांश र ३ प्रतिशतले हुने रु. २५,११,३१,९४३/- बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । बैंकले सोहि अवधिभित्र रु १ अर्ब ४६ करोड खुद नाफा आर्जन गरेको छ ।