एनआईसी एशियाले दियो जेष्ठ नागरिक मिलन केन्दलाई एलईडी टिभी

<p>काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा कास्कीस्थित रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई एलईडी टेलिभिजन हस्तान्तरण गरेको छ । उक्त सहयोग स्वरुप दिइएको टेलिभिजन बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्माले एक कार्यक्रमका बीच रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई हस्तान्तरण गरेका हुन् । एनआईसी एशिया बैंकले गरेको यो सहयोगले सो केन्द्रका वृद्घवृद्घालाई [&hellip;]</p>


काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा कास्कीस्थित रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई एलईडी टेलिभिजन हस्तान्तरण गरेको छ ।

उक्त सहयोग स्वरुप दिइएको टेलिभिजन बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्माले एक कार्यक्रमका बीच रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई हस्तान्तरण गरेका हुन् ।

एनआईसी एशिया बैंकले गरेको यो सहयोगले सो केन्द्रका वृद्घवृद्घालाई सूचना तथा मनोरञ्जनका सामग्रीमा सहज पहुँच हुने विश्वास बैंकले लिएको छ ।

Share News