
काठमाडौँ । लोक सेवा आयोगबाट लिइने परीक्षामा परीक्षार्थीहरुले परीक्षा हलमा झोला, मोवाइल तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरु लैजान निषेध गरिएको छ ।
लोक सेवा आयोगले सूचना प्रकाशित गरी यो जानकारी गराएको हो । आयोगको सूचनामा त्यस्ता सामाग्रहरु परीक्षा केन्द्रको गेटबाट भित्र लैजान नदिइने जनाएको छ ।
लोक सेवाले स्थानीय तहका लागि खुलाएको विज्ञापन अन्तरगत शुक्रबार अधिकृत स्तरको र शनिबार एकै दिन सुब्बा र खरिदार पदको लागि पहिलो चरणको लिखित परीक्षा हुँदैछ ।
लोकसेवाको विज्ञापन रद्द गर्न सर्वोच्चले अन्तरिम आदेश दिएन
लोकसेवाले नयाँ कर्मचारीका लागि विज्ञापन खुलायो, माग १४ हजार, विज्ञापन ९ हजारको मात्रै