लोकप्रिय बजेटमा ब्लण्डरः कसले डुबायो अर्थमन्त्रीलाई ?

<p>काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटबाट अर्थमन्त्री डा. युवराज खतिवडाले तारिफ नै पाईरहेका छन् । चालु आर्थिक वर्षको बजेट संसदमा पेश गर्दा सांसददेखि नागरिक र कर्मचारीसम्म उनको आलोचनामा उत्रिएका थिए । नेकपाको घोषणा पत्र लत्याएको आरोप उनीमाथी थियो, त्यसैले कार्यकर्ता नै बजेटका विपक्षमा कुर्लिरहेका थिए । वृद्ध भत्ता र कर्मचारीको तलब नबढेकोमा उनी [&hellip;]</p>

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटबाट अर्थमन्त्री डा. युवराज खतिवडाले तारिफ नै पाईरहेका छन् । चालु आर्थिक वर्षको बजेट संसदमा पेश गर्दा सांसददेखि नागरिक र कर्मचारीसम्म उनको आलोचनामा उत्रिएका थिए । नेकपाको घोषणा पत्र लत्याएको आरोप उनीमाथी थियो, त्यसैले कार्यकर्ता नै बजेटका विपक्षमा कुर्लिरहेका थिए ।

वृद्ध भत्ता र कर्मचारीको तलब नबढेकोमा उनी आलोचनाको शिकार बनिरहेका थिए । तर यसपाली, अवस्था फेरिएको छ, तलब बढेकाले कर्मचारी खुस भएका छन्, वृद्ध भत्ता वृद्धि गरिएपछि कार्यकर्ताले बजेटको बचाउ गरिरहेका छन्, स्थानीय पूर्वाधार साँझेदारी कार्यक्रमले ६ करोड पाएपछि सांसदहरु दंग पर्दै बजेटका पक्षमा सतिसाल झै उभिएका छन् । स्वदेशी उद्योगलाई संरक्षणको नीति लिएपछि उद्योगी व्यवसायीले खुलेरै बजेटको समर्थन गरेका छन् ।

पूर्वाधार विकासमा बजेटलाई केन्द्रित गरेसँगै विज्ञहरुले पनि बजेटको बिरोध गर्न सकिरहेका छैनन् । सडक, उर्जा, पर्यटन, कृषि र रोजगारीलाई बजेटले उच्च प्राथमिकता दिएको देखियो । त्यसकारण यसपाली सत्तापक्षले मात्रै होइन, प्रतिपक्षकै धेरै सांसदले बजेटको तारिफ गरे । काँग्रेसका वौद्धिक सांसद प्रदिप गिरीको धारणा होस वा डा. नारायण खड्काकै विचारलाई हेर्दा पनि हुन्छ । सिमित नेताहरुले आफुलाई अरु भन्दा भिन्न देखाउनकै लागि ‘बिरोलो बाँधेर श्राद्ध’ गर्ने परम्परालाई निरन्तता दिएका मात्रै हुन् ।

कतिपयले इतिहासकै उत्कृष्ठ बजेट भनेर टिप्पणी गरिरहेका छन् । उत्कृष्ठ होला नहोला तर यसपालीको बजेटले सबैलाई खुसी बनाउन सफल भएको तथ्यलाई भने स्विकार गरिएकै छ । अब प्रश्न उठ्छ, सबै खुसी भएको बजेटमा ब्लण्डर कसरी भयो ? कार्यक्रम राम्रा आए, तर प्राविधिक त्रुटीले त्यसलाई छायाँमा पारिदियो । आखिर किन भयो त बजेटमा ब्लण्डर ? आर्थिक सर्वेक्षणदेखि सुरु भएको ब्लण्डर बजेट वक्तव्य हुँदै आर्थिक विधेयकसम्म निरन्तर जारी रह्यो ।

विज्ञ अर्थमन्त्रीको उपाधी पाएका खतिवडाले बजेट लेखनमा कोर टिम बनाएका थिए । हरेक दिन आधा रातसम्म काम गरे । चार पाँच जनाको टिमले अत्यन्तै गोप्य ढंगले काम गर्यो । त्यसकारण बजेटबारे बजारमा कुनै सूचना चुहिएन, बजेटमा के आउँदैछ भन्नेबारे कसैले सुइकोसम्म पाउन सकेनन् । तर बजेटमा केहि ब्लण्डर देखिए । बजेटमा जे नहुनुपर्ने थियो त्यहि भयो, २०७५ साउन १ गतेदेखि लागु हुने गरि कर्मचारीको तलब वृद्धि गरियो । हिसाब किताब मिलानमा गम्भिर त्रुटी देखियो, बाल मृत्युदरलाई बढाउने लक्ष्य राखियो, आर्थिक सर्वेक्षणमा अर्बलाई खर्ब लेखियो । सांसदलाई वितरण गरिएका आर्थिक सर्वेक्षणदेखि बजेट वक्तव्यहरुमा हातले केरमेट गरि सच्याउने काम गरियो ।

आखिर किन भयो विज्ञ अर्थमन्त्रीको लोकप्रिय बजेटमा यस्तो ब्लण्डर ? यो अञ्जानबस भएको गल्ति थियो की नियोजित थियो ? आर्थिक सर्वेक्षणदेखि सुरु भएको ब्लण्डर श्रृंखला बजेट वक्तव्यसम्म दोहोरिएपछि अर्थमन्त्री पनि आश्चर्य प्रकट गरेका थिए । जेठ १६ गते आफ्नो कोर टिमसँग समिक्षाका लागि बसेका मन्त्री खतिवडाले गोपनियता कायम गरेकामा धन्यवाद दिए पनि गल्ति दोहोरिएकामा आश्चर्य प्रकट गरेको श्रोतले बतायो । ‘बजेट सम्बन्धी सूचना चुहिएन तर यतिधेरै गल्ति कसरी भयो, म आफैं अचम्बित भएको छु’, अर्थमन्त्रीलाई उदृत गर्दै श्रोतले भन्यो ।

को को थिए कोर टिममा ?
अर्थमन्त्रीले बजेट निर्माणका लागि बनाएको कोर टिममा अर्थ सचिव डा. राजन खनाल र राजश्व सचिव लाल किशोर घिमिरेका अलवा बजेट महाशाखा प्रमुख हरिशरण पुडासैनी, राजश्व महाशाखा प्रमुख निर्मलहरी अधिकारी, अन्तराष्ट्रिय अािर्थक सहायता महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र ठुला करदाता कार्यालयका प्रमुख धनीराम शर्मा थिए । त्यस्तै, अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. रामशरण खरेल पनि सुरु देखि नै बजेट निर्माणको कोर टिममा सहभागी थिए ।
सबै आफ्ना र विश्वासिलाहरु सहभागी भएको बजेटमा गम्भिर त्रुटी भेटिनुको कारण के हो ? आफ्नाहरु सबै हुस्सु भए वा नियोजित रुपमा त्रुटी देखाईयो ? यो प्रश्नको जवाफ पेचिलो बनेको छ । लोकलाई रिझाउने बजेट तयार पार्दा प्राबिधिक रुपमा कसरी त्रुटी हुन पुग्यो ? यसको खोजी गर्ने जिम्मा भने अब स्वयं अर्थमन्त्रीकै काँधमा आईपुगेको छ ।

सुरक्षा निकायमा हुन्थ्यो भने यस्तो त्रुटिका लागि कारवाहीको भागीदार हुनुपर्ने थियो । निजामतिमा के हुन्छ त्यो हेर्न बाँकी छ । श्रोतका अनुसार अर्थमन्त्री डा.खतिवडा पनि यतिबेला त्रुटी कसरी भयो भन्नेबारे गहन अध्ययनमा जुटेका छन् । उनले त्रुटी गर्नेहरुको पहिचान मात्रै गर्छन् की कारवाही पनि गर्छन त्यो पनि पर्खाइको विषय बनेको छ । किन भने यसपाली एक पटक मात्रै गल्ति भएको छैन्, आर्थिक सर्वेक्षणमा देखिएको गल्ति बजेट वक्तव्यसम्मै पुगेको छ र त्यसले आर्थिक ऐनलाई पनि छाडेको छैन् ।

Share News