बजेटमाथि निजी क्षेत्रको प्रतिक्रियाः हामी उत्साहित भयौं

<p>काठमाडौं । आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटले निजी क्षेत्र उत्साहित भएको छ । बजेटले स्वदेशी उद्योगहरुको संरक्षण गरेको, औद्योगीक वातावरण निर्माणमा बिशेष ध्यान दिएको, औद्योगीक पूर्वाधार विकासलाई प्राथमिकता दिएको भन्दै निजी क्षेत्रका प्रतिनिधीहरुले उत्साह व्यक्त गरेका हुन् । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले बजेटले औद्योगीक क्रान्तिका लागि बाटो खुला गरेको बताए । [&hellip;]</p>

काठमाडौं । आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटले निजी क्षेत्र उत्साहित भएको छ । बजेटले स्वदेशी उद्योगहरुको संरक्षण गरेको, औद्योगीक वातावरण निर्माणमा बिशेष ध्यान दिएको, औद्योगीक पूर्वाधार विकासलाई प्राथमिकता दिएको भन्दै निजी क्षेत्रका प्रतिनिधीहरुले उत्साह व्यक्त गरेका हुन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले बजेटले औद्योगीक क्रान्तिका लागि बाटो खुला गरेको बताए । ‘बजेटबाट राम्रो संकेत आयो, औद्योगीक वातावरण बन्छ, औद्योगीक क्रान्तिका लागि यसले ढोका खोल्छ’, परिसंघ अध्यक्ष मोरले भने । उनले आन्तरिक उद्योगहरुको प्रतिष्र्धी क्षमता अभिवृद्धि, कच्चा पदार्थको भन्सार दर घटाउने, निर्यात प्रवद्र्धनमा सघाउने लगायतका विषय बजेटमा समेटिएकाले निजी क्षेत्र उत्साहित बनेको पनि स्पष्ट पारे । ‘समग्रमा एउटा राम्रो बजेट आएको छ । अब औद्योगीक क्रान्ति आउँछ भन्ने आशा पलाएको छ, हामी उत्साहित छौं ।’, मोरले भने ।

उता, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले पनि बजेटबाट निजी क्षेत्र उत्साहित भएको टिप्पणी गरे । ‘यो बजेट राम्रो आयो, नराम्रा कुरा केहि पनि छैनन् । सबै राम्रा छन् । कार्यान्वयनको पक्ष महत्वपूर्ण हो । वितरणमुखी होइन यो, हामी उत्साहित छौं’, महासंघ उपाध्यक्ष श्रेष्ठले भने । उनले चिया, कफी, मासु, बिस्कट, जुत्ता, चप्पल, जस्ता पाता, जुस, चीनी, चकलेट, पास्ता, धागो, त्रिपाल, दुग्ध पदार्थ, आइसक्रिम, सखर, चुईंगम, कुखुराको मासु, मिनरल वाटर लगायतका उत्पादनको भन्सार दर वृद्धि पनि सकारात्मक पक्ष भएको बताए ।

यद्यपी कर्मचारीतन्त्रको विद्यमान संयन्त्रले बजेट कार्यान्वयनमा पुरानै ढर्रा देखाउने त हैनन् भन्नेबारे पनि अझै ढुक्क हुने अवस्था नरहेको पनि उनले बताए । ‘बजेटलाई गाली गर्नुपर्ने कुनै कारण म देख्दिन्, अब कार्यान्वयन हेर्छाै । कर्मचारीतन्त्रले कसरी काम गर्छ भन्ने कुरा हेर्छाै’, श्रेष्ठले भने ।

Share News