अब मोबाइलबाटै पाइन्छ सांग्रिला बैंकको बैंकिङ्ग सुविधा

<p>काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोबाईल बैंकिङ्ग सुविधा ल्याएको छ । नयाँ मोबाईल बैंकिङ्ग (बैंक स्मार्ट) मा थप सुविधा सहित अन्तर बैंक रकम ट्रान्सफर, इन्स्योरेन्स पेमेन्ट, बायोमेट्रिक लग इन, क्युआर पेमेन्ट, मोबाईल टपअप, एअर टिकट खरिद जस्ता विभिन्न अन्य सुविधाहरु सहित बैंक स्मार्ट भि फाईभको शुरुवात गरेको हो । मोबाईल एप्सबाट ग्राहकहरुले आफूसंग रहेका [&hellip;]</p>

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोबाईल बैंकिङ्ग सुविधा ल्याएको छ । नयाँ मोबाईल बैंकिङ्ग (बैंक स्मार्ट) मा थप सुविधा सहित अन्तर बैंक रकम ट्रान्सफर, इन्स्योरेन्स पेमेन्ट, बायोमेट्रिक लग इन, क्युआर पेमेन्ट, मोबाईल टपअप, एअर टिकट खरिद जस्ता विभिन्न अन्य सुविधाहरु सहित बैंक स्मार्ट भि फाईभको शुरुवात गरेको हो ।

मोबाईल एप्सबाट ग्राहकहरुले आफूसंग रहेका मोबाईलबाट नयाँ सुविधाहरु उपयोग गर्न सक्ने छन् । नयाँ सुविधा भएको मोबाईल बैंकिङ्ग (बैंक स्मार्ट) एप्स एसएमएस र जिपिआरएस दुबैबाट प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई यो सुविधाको थालनी गरेको जनाएको छ । साथै बैंकले मोबाईल बैंकिङ्ग, लकर, एटिम, इन्टरनेट बैंकिङ्ग, एबिबिस, रेमिटयान्स जस्ता सुविधाहरु दिंदै आएको बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

Share News