शाइन रेसुङ्गा र भार्गव विकास बैंक मर्ज हुँदै, ‘राष्ट्रियस्तरको विकास बैंक बन्ने’

<p>काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र भार्गव विकास बैंक लिमिटेड मर्ज हुने भएका छन् । हालै पूर्णिमा विकास बैंक लिमिटेडलाई प्राप्ती गरेको शाइन रेसुङ्गा र भार्गवबीच संस्था प्राप्ति सम्बन्धी बैशाख ३१ गते प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमति पत्रमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको तर्फवाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र [&hellip;]</p>

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र भार्गव विकास बैंक लिमिटेड मर्ज हुने भएका छन् । हालै पूर्णिमा विकास बैंक लिमिटेडलाई प्राप्ती गरेको शाइन रेसुङ्गा र भार्गवबीच संस्था प्राप्ति सम्बन्धी बैशाख ३१ गते प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमति पत्रमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको तर्फवाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र भार्गव विकास बैंक लिमिटेडका तर्फवाट सञ्चालक समितिका अध्यक्ष डम्बरबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

शाइन रेसुङ्गा रुपन्देही, अर्घाखांची, नवलपरासी, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङ्ग, प्यूठान, बाग्लुङ्ग र चितवन गरी १० जिल्लामा कार्यक्षेत्र भएको “ख” वर्गको बिकास बैंकको रुपमा विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ । त्यसैगरी भार्गव विकास बैंकको ५ जिल्ला कार्यक्षेत्र भएकोमा हाल बाँके, बर्दिया र दाङ्ग जिल्लामा शाखा कार्यालयहरु रहेका छन् ।

शाइन रेसुङ्गाले रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागबाट बैशाख १६ गतेमात्रै सैद्धान्तिक सहमति प्राप्त गरी सकेको छ ।

पछिल्लो पटक शाइन रेसुङ्गा र भार्गवबीच संस्था प्राप्ति पछि राष्ट्रिय स्तरको विकास बैंक बन्ने हुँदा कारोबारको दायरा, बजार उपस्थिति, प्रतिस्पर्धात्मक क्षमताको बृद्धि र मुनाफामा सकारात्मक प्रभाव पर्ने जनाइएको छ ।

प्राप्ति पछिको वित्तीय संस्थाको नाम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र संस्थाको केन्द्रीय कार्यालय बुटवल उपमहानगरपालिका वडा नं. ६ मा रहने भएको छ । सञ्चालक समितिको अध्यक्षमा हाल शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठ नै कायम रहने बताइएको छ ।

संस्थाको प्रमुख कार्यकारी अधिकृतमा हाल शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडका बहालवाला प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल नै कायम रहने तथा भार्गव विकास बैंक लिमिटेडका बहालवाला प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी नायव कार्यकारी प्रमुख रहने सहमति भएको छ ।

२०७५ चैत्र मसान्तको अपरिष्कृत वित्तीय विवरणका आधारमा ३ वटा वित्तीय संस्थाको अवस्था यस्तो देखिन्छ:

Share News