सञ्चालन भएकाे एक महिनामै इन्फास्ट्रक्चर बैंकले कसरी कमायाे ४९ करोड नाफा ?

<p>काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंकले एक महिनामै ४९ करोड रुपैंया खुद नाफा कमाएको छ । फागुन २२ गते मात्रै औपचारिक शुभारम्भ भएको नेपाल इन्फास्ट्रक्चर बैंकले चैत मसान्तसम्ममा ४९ करोड, ६७ लाख ९८ हजार रुपैंया खुद नाफा आर्जन गरेको रिपोर्ट सार्वजनिक गरेको हो । ठूला र पूर्वाधार लगानीका क्षेत्रमा मात्रै लगानी गर्ने उद्देश्यले स्थापित १२ अर्ब [&hellip;]</p>

काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंकले एक महिनामै ४९ करोड रुपैंया खुद नाफा कमाएको छ । फागुन २२ गते मात्रै औपचारिक शुभारम्भ भएको नेपाल इन्फास्ट्रक्चर बैंकले चैत मसान्तसम्ममा ४९ करोड, ६७ लाख ९८ हजार रुपैंया खुद नाफा आर्जन गरेको रिपोर्ट सार्वजनिक गरेको हो ।

ठूला र पूर्वाधार लगानीका क्षेत्रमा मात्रै लगानी गर्ने उद्देश्यले स्थापित १२ अर्ब चुक्ता पुँजी रहेको बैंकले उक्त अवधिमा चुक्ता पुँजीबापत उठाएको रकमको लगानीबापत २८ करोड ४५ लाख ३५ हजार रुपैंया ब्याज आम्दानी गरेकोमा १० करोड २१ लाख ६ हजार कर्मचारी खर्च र १ करोड १ करोड २७ लाख ३३ हजार ब्याज खर्च गरी गर्दा करपछि उक्त परिमाणमा नाफा कमाएको हो ।

इन्फास्ट्रक्चर बैंक औपचारिक रुपमा सञ्चालनमा आए पनि हालसम्म जनताबाट कुनै निक्षेप संकलन भने गरेको छैन भने कर्जा लगानी समेत गरेको छैन । नेपाल इन्फास्ट्रक्चर बैंकले जनताबाट निक्षेप उठाउन त पाउँछ तर कर्जा लगानी भने आफ्नै निक्षेप धितोमा राखेको अवस्थामा बाहेक सर्वसाधारण जनता वा व्यवसायिक फर्महरुमा गर्न पाउँदैन ।

हाल बैंकले गरेको ब्याज आम्दानी बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको सापट वा सरकारी ऋणपत्रमा गरेको लगानीको प्रतिफल हो । हाल इन्फास्ट्रक्चर बैंकले आफ्नै बैंकभित्र भौतिक तथा मानवीय पूर्वाधार निर्माण गर्दैछ भने लगानीसम्बन्धी योजना निर्माण गरिरहेको छ । नयाँ आर्थिक वर्षसँगै बैंकले पूर्वाधारको क्षेत्रमा लगानी गर्न सुरु गर्ने सम्भावना रहेको बैंक स्रोतले जनाएको छ ।

बैंकले कमाएको ४९ करोड नाफा भने एक महिना अवधिको मात्रै नभएर प्रोमोटरहरुको चुक्ता पुँजी भुक्तानी भएको दिनदेखिको भएको समेत बताइएको छ ।

Share News