सेञ्चुरी बैंकको नाफा घट्यो

<p>काठमाडौं । सेञ्चुरी बैंकको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको ९ महिनामा कमाएको ६७ करोड १५ लाख रुपैंया नाफाको तुलनामा बैंकको नाफा करिब ९ प्रतिशतले घटेर ६१ करोड ६ लाख रुपैंयामा सीमित भएको हो ।  कर्जाको आकारमा १०/१० अर्बको सुधार र खुद ब्याज आम्दानीमा उल्लेख्य सुधारका बाबजुद सञ्चालन तथा कर्मचारी खर्चमा वृद्धि हुँदा बैंकको [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी बैंकको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको ९ महिनामा कमाएको ६७ करोड १५ लाख रुपैंया नाफाको तुलनामा बैंकको नाफा करिब ९ प्रतिशतले घटेर ६१ करोड ६ लाख रुपैंयामा सीमित भएको हो ।  कर्जाको आकारमा १०/१० अर्बको सुधार र खुद ब्याज आम्दानीमा उल्लेख्य सुधारका बाबजुद सञ्चालन तथा कर्मचारी खर्चमा वृद्धि हुँदा बैंकको नाफा घट्न पुगेको हो ।

बैंकको निष्क्रिय कर्जा अनुपात ०.७६ बाट बढेर १.५३ प्रतिशत पुगेको छ भने सीसीडी अनुपात ८० प्रतिशतको नजिक पुगेको छ । तर कस्ट अफ फण्ड, बेसरेट र स्प्रेडदरमा भने बैंकको अवस्था सुधारिएको छ ।

Share News