काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ४९ करोड ३८ लाख रुपैंया खुद नाफा कमाएको छ । बैंकले उक्त अवधिमा नाफाको आकारमा ४७.२० प्रतिशत वृद्धि गर्न सफल भएको हो । अघिल्लो वर्ष ९ महिनामा बैंकको नाफा ३३ करोड ५५ लाख रुपैंयामा सीमित थियो ।
बैंकको खुद ब्याज आम्दानीमा अपेक्षित सुधार हुँदा बैंकको नाफामा त्यस्तो सुधार देखिएको हो । बैंकको एनपीएल ३.९६ प्रतिशत, कस्ट अफ फण्ड ८.४० प्रतिशत, सीसीडी अनुपात ७६.६६ प्रतिशत, बेसरेट ११.२० प्रतिशत तथा ब्याजको स्प्रेडदर ३.३८ प्रतिशत छ ।