६० प्रतिशत वृद्धि हुँदा जनता बैंकको नाफा अर्ब नाघ्यो, एनपीएल घट्यो, स्प्रेडदरमा सुधार

<p>काठमाडौं । जनता बैंकको नाफा करिब ६० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंकले कुल १ अर्ब २ करोड नाफा कमाउँदा अघिल्लो वर्षको तुलनामा सो वृद्धि देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैैंकको नाफा ६३ करोड ७५ लाखमा सीमित थियो । बैंकको नाफा वृद्धिमा ब्याज आम्दानी र गैरब्याज आम्दानीकै महत्वपूर्ण [&hellip;]</p>

काठमाडौं । जनता बैंकको नाफा करिब ६० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंकले कुल १ अर्ब २ करोड नाफा कमाउँदा अघिल्लो वर्षको तुलनामा सो वृद्धि देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैैंकको नाफा ६३ करोड ७५ लाखमा सीमित थियो ।

बैंकको नाफा वृद्धिमा ब्याज आम्दानी र गैरब्याज आम्दानीकै महत्वपूर्ण हिस्सा छ । उक्त अवधिमा १ अर्ब ६७ करोडको ब्याज आम्दानीलाई २ अर्ब ४५ करोड तथा २३ करोडको गैरब्याज आम्दानीलाई ४० करोड पुर्याएको बैंकले निक्षेप र कर्जाको आकारमा १२-१२ प्रतिशतकै वृद्धि गरी क्रमशः ७० अर्ब र ६४ अर्ब पुर्याएको छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात अघिल्लो वर्ष १.९५ प्रतिशत रहेकोमा योवर्ष १.२१ प्रतिशतमा घटेको छ भने बैंकले स्प्रेडदरलाई ३.६७ प्रतिशतबाट बढाएर ४.६९ प्रतिशत पुर्याएको छ । कर्जाको ब्याजदरको आधार मानिने बैंकको बेसरेट ११.६६ प्रतिशतबाट घटेर १०.५२ प्रतिशतमा झरेको छ ।

Share News