राष्ट्रिय वाणिज्य बैंकको नाफा साढे ३ अर्ब, ऋणको न्यूनतम ब्याजदर ०.७० प्रतिशत !

<p>काठमाडौं । सबल भनिएका निजी क्षेत्रका वाणिज्य बैंकहरुको आधारदर बढिरहेको अवस्थामा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको भने आधारदर झन् घट्दै गएको छ । बैंकको सो दर अघिल्लो वर्ष ४.९५ प्रतिशत तथा पुस महिनामा ५.६० प्रतिशत रहेको आधार ब्याजदर चैत मसान्तमा ४.७० प्रतिशतमा सीमित भएको हो । बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा खुद नाफाको [&hellip;]</p>

काठमाडौं । सबल भनिएका निजी क्षेत्रका वाणिज्य बैंकहरुको आधारदर बढिरहेको अवस्थामा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको भने आधारदर झन् घट्दै गएको छ । बैंकको सो दर अघिल्लो वर्ष ४.९५ प्रतिशत तथा पुस महिनामा ५.६० प्रतिशत रहेको आधार ब्याजदर चैत मसान्तमा ४.७० प्रतिशतमा सीमित भएको हो ।

बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा खुद नाफाको आकार साढे ३ अर्ब रुपैंया पुर्याएको छ । बैंकको नाफा १३ प्रतिशतले बढ्दा ३ अर्ब ४९ करोड ९३ लाख रुपैंया नाफा कायम गर्न सफल भएको हो । बैंकको कस्ट अफ फण्ड भने २.१४ प्रतिशतबाट बढेर २.७४ प्रतिशत पुगेको छ । ब्याजको स्प्रेडदर ४.७० बाट बढेर ४.९५ प्रतिशत पुगेको छ । बैंकको पनि निष्क्रिय कर्जा अनुपात भने २.९० प्रतिशतबाट बढेर ४.२८ प्रतिशत पुगेको छ ।

बैंकको पछिल्लो आधारदरका आधारमा बैंकले दिने कर्जाको न्यूनतम ब्याजदर वार्षिक ०.७० प्रतिशत हुने देखिएको छ । सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा योजनाअनुसार दिइने कर्जामा आधार ब्याजदरमा २ प्रतिशतभन्दा बढी प्रिमियम लिन नपाइने र त्यसमा ५ देखि ६ प्रतिशत ब्याज अनुदान पाउने भएसँगै कर्जाको ब्याजदर महिला उद्यमशील कर्जाको हकमा वार्षिक ०.७० प्रतिशत र अन्य ६ प्रकारका कर्जाको हकमा १.७० प्रतिशत कायम हुनेछ । बैंकले नयाँ ब्याजदर तालिका सार्वजनिक गरेसँगै यो दर लागु हुनेछ ।

Share News