एनआईसी एशियाको नाफा १४५ प्रतिशतले बढ्यो, कर्जाको ब्याजदर २.२० प्रतिशत सस्तो

<p>काठमाडौं । एनआईसी एशिया बैंकले नाफाको आकार १४५ प्रतिशतले बढाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ९ महिनाको तुलनामा एनआईसी एशियाले नाफामा उक्त परिमाणमा सुधार ल्याएको हो । अघिल्लो वर्ष चैतसम्म बैंकले ९२ करोड ७६ लाख रुपैंया नाफा कमाएको थियो, यो वर्ष चैतसम्ममा बैंकले नाफाको आकार २ अर्ब २७ करोड ६४ लाख पुर्याएको हो । [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले नाफाको आकार १४५ प्रतिशतले बढाएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो ९ महिनाको तुलनामा एनआईसी एशियाले नाफामा उक्त परिमाणमा सुधार ल्याएको हो । अघिल्लो वर्ष चैतसम्म बैंकले ९२ करोड ७६ लाख रुपैंया नाफा कमाएको थियो, यो वर्ष चैतसम्ममा बैंकले नाफाको आकार २ अर्ब २७ करोड ६४ लाख पुर्याएको हो ।

बैंकले ९ महिनाको अवधिमा १४ अर्ब ५० करोड रुपैंया ब्याज आम्दानी र ९ अर्ब १८ करोड ब्याज खर्च गर्दा ५ अर्ब २३ करोड रुपैंया खुद ब्याज आम्दानी गरेको छ । यो आकार अघिल्लो वर्ष २ अर्ब ६५ करोड रुपैंया थियो । गैरब्याज आम्दानीतर्फ पनि बैंकले अघिल्लो वर्षको ५७ करोड ८० लाखको आकार १ अर्ब ४२ करोड ५६ लाख पुर्याएको छ । बैंकले निक्षेप १५ अर्बले बढाएर १ खर्ब ५४ अर्ब तथा कर्जा लगानी २६ अर्बले बढाएर १ खर्ब ४१ अर्ब रुपैंया पुर्याएको छ ।

बैंकका वित्तीय सूचकहरु भने मिश्रित देखिएका छन् । बैंकको निष्क्रिय कर्जा अनुपात ०.२२ प्रतिशतबाट ०.४५ प्रतिशत पुग्दा लोनलस प्रोभिजन ५२५ प्रतिशतबाट २९५ प्रतिशतमा झरेको छ । बैंकको कस्ट अफ फण्ड ७.८४ बाट घटेर ७.०९ प्रतिशत कायम हुँदा ११.५० प्रतिशत रहेको बेसरेट ९.३० मा झरेको छ । बैंकको ब्याजको स्प्रेडदर ४.९६ प्रतिशत देखिएको छ ।

आधार ब्याजदरले कर्जाकाे ब्याजदर निर्धारण गर्ने गर्छ । याे दर सस्ताे हुँदा कर्जाकाे ब्याजदर सस्ताे हुने र महँगाे हुँदा ब्याजदर पनि बढ्ने गर्छ । एनआईसीकाे याे दर अघिल्लाे वर्षकाे भन्दा २.२० प्रतिशत कम भएकाे छ, यसकाे अर्थ साे बैंकबाट ऋण लिने ग्राहककाे ऋणकाे ब्याजदर अघिल्लाे वर्षभन्दा २.२० प्रतिशत सस्ताे हुनेछ ।

चैत महिनामा सबैजसाे वाणिज्य बैंकहरुकाे वित्तीय विवरण आइसक्दा साेे बैंक निक्षेप, कर्जा र शाखा सञ्जालमा देशकै ठूलाे बै‌ंक बनेकाे छ ।  देशभर २८३ शाखा रहेको एनआईसी एशियाको २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखारहित बैंकिङ सञ्चालनमा छन् । बैंकले देशभर १६ लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।

Share News