एभरेष्ट बैंकको अफर : मासिक ९५९९ तिरेर आफ्नै घर बनाउनुस्

<p>काठमाडौं । एभरेष्ट बैंकले घरभाडा तिर्ने पैसाले आफ्नै घर किनेर किस्ता बुझाउन सक्नेगरी नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । एभरेष्टले मध्यम तथा निम्नवर्गीय परिवारलाई लक्षित गर्दै यस्तो होम लोन स्किम सार्वजनिक गरेको हो । “घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नौ घरको किस्ता बुझाउँ” भन्ने नारा सहित मासिक न्यूनतम ९५९९ को [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकले घरभाडा तिर्ने पैसाले आफ्नै घर किनेर किस्ता बुझाउन सक्नेगरी नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । एभरेष्टले मध्यम तथा निम्नवर्गीय परिवारलाई लक्षित गर्दै यस्तो होम लोन स्किम सार्वजनिक गरेको हो । “घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नौ घरको किस्ता बुझाउँ” भन्ने नारा सहित मासिक न्यूनतम ९५९९ को किस्ता तिर्नेगरी १० लाखदेखि ४० लाखसम्म २५ वर्ष अवधिसम्मको होमलोनको योजना ल्याएको हो ।

यस योजनामा सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट पाउनसक्ने बैंकले जनाएको छ । बैंकले सम्पूर्ण ग्राहकहरुलाई यस अभियानको लाभ उठाउँदै आफ्नै घर बनाउने सपनालाई साकार पार्न समेत आग्रह गरेको छ । “सर्भिस विथ स्माईल” लक्ष्यसहित सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्यनजर गर्दै बैंकले दाबी समेत गरेको छ ।

१० लाख भन्दा बढी ग्राहक भएको एभरेष्ट बैंकले यो संख्या बैंकिङ क्षेत्रकै सर्वाधिक रहेको समेत दाबी गरेको छ । हालै गरिएको क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न एभरेष्ट बैंक सफल भएको छ । एभरेष्ट बैंकका हाल ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम सञ्चालनमा छन् ।

Share News