काठमाडौं । हिमालयन बैंक लिमिटेडको नाफा २ अर्ब नाघेको छ । चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा ९.६ प्रतिशतल बढेर सो आकारमा पुगेको हो ।
एक वर्षको अवधिमा १० अर्ब निक्षेप र ९ अर्ब कर्जा प्रवाह गरेको हिमालयनले उक्त अवधिमा खुद ब्याज आम्दानी ५५ करोड रुपैंयाले बढाएको देखिएको छ ।
८ अर्ब ५२ करोड चुक्ता पुँजी भएको बैंकले एक वर्षको अवधिमा रिजर्भको आकार करिब ६७ करोड रुपैंयाले बढाएर ५ अर्ब १९ करोड पुर्याएको छ । उक्त अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात बढेको छ भने कस्ट अफ फण्ड पनि बढेको छ तर बेसरेटमा भने बैंकले ३२ बेसप्वाइनटको सुधार ल्याउँदा ९.१० प्रतिशत कायम भएको छ । बैंकले ब्याजको स्प्रेडदर ४.५० प्रतिशत कायम गरेको छ ।
असार मसान्तसम्म उक्त लक्ष्य भेट्टाउनुपर्नेमा हिमालयनले यो दर चैत मसान्तमै ४.५ प्रतिशतमा सीमित गर्न सफल भएको हो ।