बैंक अफ काठमाण्डूले पुर्यायो १२० करोड नाफा, अरु सुचकहरु कस्ता ?

<p>काठमाडौं । बैंक अफ काठमाण्डूले ९ महिनाको अवधिमै १ अर्ब २० करोड नाफा कमाएको  छ । अघिल्लो वर्षको सोही अवधिको नाफा २९ प्रतिशतले बढाएर नाफा उक्त आकारमा पुर्याएको हो । बैंकले उक्त अवधिमा ८१ अर्ब निक्षेप संकल गरी ७१ अर्ब रुपैंया कर्जा प्रवाह गर्दा बैंकको सीसीडी अनुपात ७८.५१ प्रतिशत पुगेको छ । बैंकको रिजर्भको आकार [&hellip;]</p>

काठमाडौं । बैंक अफ काठमाण्डूले ९ महिनाको अवधिमै १ अर्ब २० करोड नाफा कमाएको  छ । अघिल्लो वर्षको सोही अवधिको नाफा २९ प्रतिशतले बढाएर नाफा उक्त आकारमा पुर्याएको हो ।

बैंकले उक्त अवधिमा ८१ अर्ब निक्षेप संकल गरी ७१ अर्ब रुपैंया कर्जा प्रवाह गर्दा बैंकको सीसीडी अनुपात ७८.५१ प्रतिशत पुगेको छ । बैंकको रिजर्भको आकार भने १ करोड रुपैंयाले घटेर ३ अर्ब ६० करोड रुपैंयामा झरेको छ ।

बैंकको कस्ट अफ फण्ड ८.०१ प्रतिशतबाट घटेर ७.३७ प्रतिशत, आधार ब्याजदर १०.७८ प्रतिशतबाट घटेर १०.०७ प्रतिशतमा झर्दा बैंकले ब्याजको स्प्रेडदर ४.०४ प्रतिशतबाट बढेर ४.२८ प्रतिशत पुगेको छ ।

बैंकको नाफाको उक्त बढोत्तरीमा ब्याज आम्दानीको महत्वपूर्ण योगदान छ । बैंकको ब्याज आम्दानी अघिल्लो वर्ष २ अर्ब ६ करोड रहेकोमा यो वर्ष २ अर्ब ७३ करोड पुगेको देखिएको छ ।

Share News